Sorry, your browser does not support JavaScript! साहित्यकार सुवेदीको नागरिक अभिनन्दन - Merodesh.news

साहित्यकार सुवेदीको नागरिक अभिनन्दन

विराटनगर ।

विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई शनिबार विराटनगरमा भव्य समारोहका बीच अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय २ सयभन्दा बढी संस्थाहरूले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका हुन् ।

२००४ सालमा भोजपुरमा जन्मिएका सुवेदी दुईपटक नेपाल पज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य भएका थिए । विशेष गरी समालोचना क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुवेदीका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् । “नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा योगदान विशिष्ट योगदान पु¥याएकाले उहाँलाई नागरिक अभिनन्दन गरेका हौं,” कार्यक्रमकी संयोजक गंगा सुवेदीले भनिन्, “राष्ट्रले गर्नुपर्ने काम हामीले गरिरहेका छौं । सर्जक भनेको राष्ट्रको अमूल्य सम्पत्ति हो ।”

सुवेदीको अग्रसरतामा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानले हालसम्म ५० जनाभन्दा बढीलाई सम्मान र पुरस्कृत गरिसकेको छ । प्रतिष्ठानको उनी अध्यक्ष हुन् । साहित्यका साथै शिक्षा, धार्मिक, सामाजिक क्षेत्रमा समेत सुवेदीको महत्वपूर्ण योगदान रहेको आयोजक संस्थामध्येको पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले बताए । दोसल्ला, माला र टीका लगाइदिएर सुवेदीकै उचाइ बराबरको ताम्रपत्र भाषाशास्त्री बालकृष्ण पोखरेल, पूर्वसञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेशसभा सदस्य जयराम यादव, विन्द्या कार्कीलगायतले हस्तान्तरण गरेका थिए । उनकै सम्पादनमा २०२८ सालदेखि प्रकाशित हुँदै आएको बरगाछी पत्रिका हालसम्म निरन्तर रुपमा प्रकाशित भइरहेको छ । सुवेदीका शरद, रुपक दुई छोरा र रानु पोखरेल एक छोरी छन् । समारोहमा सुवेदीकी श्रीमती मीनालाई पनि अभिन न्दन गरिएको थियो । कार्यक्रम स्थानीय वीरेन्द्रसभा गृहमा भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]