Sorry, your browser does not support JavaScript! प्रदेश केन्द्र असमझदारी हल्ला मात्र –प्रधानमन्त्री ओली - Merodesh.news

प्रदेश केन्द्र असमझदारी हल्ला मात्र –प्रधानमन्त्री ओली

विराटनगर ।

प्रधानमन्त्री केपी ओलीले केन्द्र प्रदेश र स्थानीय तह विच कुनै असमझदारी नभएको बताएका छन् । शनिबार प्रदेश १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन तहका सरकार बिच कुनै असमझदारी नभएको बताएका हुन् । प्रदेश सरकार र केन्द्र सरकार बिच असमझदारी भएको हल्ला फिजाइएको बताउदै उनले स्रोत वाडफाडमा कुनै असमझदारी नभएको बथाएका हुन् ।

‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच कुनै विवाद छैन ’प्रम ओलीले भने, ‘कसैलाई भ्रम छ भने आजैबाट त्यागे हुन्छ ।’ एक घण्टा ४५ मिनेट सम्बोधन गरेका ओलीले अधिकांश समय प्रदेश १ का विकासका सम्भावना बारे चर्चा गरेर खर्चिएका थिए । जनताको अपेक्षा पुरा हुने गरेर काम गर्न प्रदेश सांसदलाई ओलीको आग्रह थियो ।

प्रदेश १ लाई प्रकृतिले माया गरेको बताउदै उनले यसलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा बताए । विश्वको सर्वाेच्च शिखर सगरमाथा र नेपालको होचो भाग प्रदेश नम्बर १ मा नै भएको बताउदै उनले भने ‘ प्राकिृतिक स्रोत साधनलाई चिनौं देशलाई चिनौ र आफुलाई पनि चिनौ ।’

प्रधानमन्त्री ओली भ्रष्टाचार आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताउदै उनले भ्रष्टाचर गर्नेलाई अनुहार हेरेका भरमा छुट नहुने बताए । उनले भ्रष्टचारको विषयमा शून्य सहनशीलता अपनाउन कर्मचारी, प्रदेश सरकारलाई समेत आग्रह गरे । हिमाल, पहाड र तराई जोडेर बनेको विविधतालाई कसैले तोडुन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले सम्वृद्धी नेपाल सुखी नेपाली बनाउन सरकारले आफनो नीति तथा कार्यक्रम र बजेटमा प्रस्तुत गरेको बताए । उनले अब स्थाइ सरकार बनेकाले जनताले पनि मुलुकमा सुशासन र भ्रष्टाचार निर्मुल होस भन्ने चाहेकाले जनताको चाहनालाई सम्मान गर्दै अब मुलुकलाई सहि दिशावाट अगाडी वढाउने अभियानमा आफु लागि सकेको बताए ।

उनले प्रदेश सांसदहरुलेपनि निर्वाचमा गरेका प्रतिवद्धत अनुसार जनताले अनुभुतिगर्ने गरी विकास निमार्णको कामलाई अघि वढाउनुपर्नेमा जोड दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]