Sorry, your browser does not support JavaScript! रमजानको अवसरमा विपन्नलाई कपडा र खाद्यान्न वितरण - Merodesh.news

रमजानको अवसरमा विपन्नलाई कपडा र खाद्यान्न वितरण

विराटनगर ।

मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा विराटनगरका ३ सय बढी विपन्नलाई खाद्यान्न र कपडा वितरण गरिएको छ । विराटनगरको सरौचियामा आयोजित कार्यक्रमकाबीच मुस्लिम समुदायका विपन्नलाई खाद्यान्न र कपडा वितरण गरिएको हो । कार्यक्रममा समुदायका बालबालिका,महिला तथा पुरुषलाई सेवई,कुर्तासुरुवाल र सर्टपैन्टको कपडा वितरण गरिएको थियो ।

muslim

रमजान मुस्लिम समुदायकालागि अत्यन्त महत्वपुर्ण पर्व रहेको र समुदायका सबैले हर्षोल्लास वातावरणमा यो पर्व मनाउन सकुन भन्ने उद्धेश्यले खाद्यान्न र कपडा वितरण गरिएको कार्यक्रम संयोजक समाजसेवी जाबेद अख्तरले जानकारी दिनुभयो । उहांले चारलाख मुल्य बराबरका खाद्यान्न र कपडा वितरण गरिएको बताउनुभयो । इस्लाम धर्मावलम्बीहरुको पवित्र ग्रन्थ कुरानमा समेत ईस्लाम धर्मावलम्बीले प्रत्येक बर्ष आफ्नो आम्दनीको साढे दुई प्रतिसत गरिब र विपन्नमा खर्चिनुपर्ने उल्लेख छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच
नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे ।[...]

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा
हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको[...]