Sorry, your browser does not support JavaScript! विराटनगर बसटर्मिनल - साउनदेखि सञ्चालनमा आउने - Merodesh.news

विराटनगर बसटर्मिनल – साउनदेखि सञ्चालनमा आउने

विराटनगर ।

पूर्व क्षेत्रकै सुविधा सम्पन्न बस टर्मिनल साउन देखि सञ्चालनमा आउने भएको छ । विराटनगर महानगरपालिकाले निर्माण गरेको आधुनिक बस टर्मिनल साउन देखि सञ्चालनमा आउने भएको हो । नगर विकास कोषको ऋण सहयोगमा विराटनगरको पुरानो बसपार्क भएकै स्थानमा निर्माण गरिएको टर्मिनलको निर्माण कार्य लगभग पूरा भएको छ । दुई तल्ले टिर्मिनलको भवन सफाई र बस पार्कीङ स्थल पिच गर्ने काम बाकी छ । असार पहिलोसाता भित्र सबै काम सक्ने लक्ष्य राखिएको छ ।

नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निर्माणकालागि गौरी पार्वती निर्माण सेवा काठमाण्डौलाई ठेक्का दिएको थियो । ठेकेदारले निर्माण गरिरहेको बसपार्कमा साना ठूला गरी ५४ वटा बस पार्किङ गर्न मिल्ने स्थान बनाइएको विराटनगर महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । दुई तल्ले आधुनिक बस टर्मिनललाई अर्काे ब्यावस्था नभए सम्म बसपार्क कै रुपमा प्रयोग गरिने छ ।

दुई तल्ले सुविधा सम्पन्न बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षलय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा रहने छ । भुई तल्लामा टिकट काउन्टर सहित यात्रु प्रतिक्षालय, पसल रहने छ भने पहिलो तल्लामा रेष्टुरेन्ट, लगेज रुप र प्रशासन कक्ष रहने छ । विराटनगरमा निर्माण गरिएको टर्मिनल पूर्व क्षेत्रकै सुविधा सम्पन्न हुनेछ । धरान, इटहरी, दमक विर्तामोडमा सञ्चालनमा रहेका बसपार्क भन्दा विराटनगरको टर्मिनल आधुनिक र सुविधा सम्पन्न हुनेछ ।

नगर बिकास कोषको ऋण सहयोगमा नया बसपार्क निर्माण सुरु भएपछि बसलाई साविकको स्थान देखि पश्चिम तर्फ अस्थायी बसपार्क निर्माण गरी ब्यावस्थापन गरिएको थियो । टर्मिनल निर्माणपछि साविककै स्थानमा बसपार्क सारिने छ ।

Bus terminal biratnagar

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]