Sorry, your browser does not support JavaScript! “सरकारले महाअभियोग लगाएर मलाई हटाउन खोज्दैछ” : अनुपराज शर्मा - Merodesh.news

“सरकारले महाअभियोग लगाएर मलाई हटाउन खोज्दैछ” : अनुपराज शर्मा

बिराटनगर ।

राष्ट्रिय मावन अधिकार अयोगका अध्यक्ष अनुपारज शर्माले सरकारले आफुलाई महाअभियोग लगाएर हटाउन सक्ने बताएका छन् । शुक्रबार बिराटनगरमा जनअधिकार अभियान नेपालले आयोजना गरेको बर्तमान राजनैतिक अवस्था र मानव अधिकार बिषयक अन्र्तक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष शर्माले सरकारले आफुलाई महाअभियोग लगाएर हटाउन सक्ने बताएका हुन् ।

आयोगको बर्षिक उत्वसमा प्रधान मन्त्री सहभागी हुन नआउनु सरकार आफुबाट रुष्ट भएको संकेत आफुलाई भएको उनले बताए । तर सरकारले आयोेगबाट आफुलाई महाभियोग लगाएर मात्र हटाउन सक्ने भएकोले सरकारले बखास्त गर्छ भन्ने चिन्ता आफुलाई नभएको बताए । जन अधिकार अभियानको कार्यक्रममासँगै अतिथि रहेका नागरिक समाजका अभियन्ता डा सुन्दरमणी दिक्षितले राष्ट्रिय मानव अधिकार आयोगको बार्षिकोत्सव अवसरमा प्रधानमन्त्री नगएको सन्र्दभको चर्चा स्मरण गर्दै सरकारले आयोगका अध्यक्षलाई हटाउन लागेको बताएका थिए ।

त्यसबारे उत्तर दिदै प्रमुख अतिथि रहेका आयोग अध्यक्ष शर्माले सरकारले आयोगसँग बायस नभैकन काम गर्ने अवसर दिनुपर्नेमा जोड दिए । तर बायस भएर महाअभियोग लगाएर सरकारले आफुलाई हटाएमा त्यो सरकारकैलागि प्रत्युत्पादक हुने बताए । भने, – “शेरबहादुजीले प्रधानन्यायधिशलाई महाअभियोग लगाउँदा के भयो त्यो हामी सबैलाई थहा छँदैछ ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्
५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन[...]

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते
चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते

चितवन।  जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन्[...]