Sorry, your browser does not support JavaScript! वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्छ : प्रधानमन्त्री ओली - Merodesh.news

वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्नु पर्ने बताउनुभएको छ । मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा आज सिंहदरबारमा निर्देशन दिनुहँुदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको र जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षापनि सरकारप्रति धेरै रहेको बताउनुभएको छ । जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

PM_oli

“यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने । अनि भोली फेरी उहि रित दोहो¥याउने”  प्रधानमन्त्रीओलीले भन्नुभयो “देशलाई हामीले नयाँ ढङ्गले अघि बढाउनु पर्छ । विगतको निरन्तरता मात्र होइन ।”
प्रधानमन्त्री ओलीले विकाशप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने बताउनुभयो । “हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने, त्यसका लागि असार १५ गते भित्रमा ठोस योजनालिएर आउनुहोस ” प्रधानमन्त्रीओलीले मन्त्री र सचिबहरुलाई निर्देशनदिंदै भन्नुभयो “असार २५ गते ति योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नु पर्दछ । ”

खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । जनताको अपेक्षा सरकारले सबै थोक गरिदेओस भन्ने हुन्छ तर सरकारसंग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ । सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टी व्यक्त गर्नेहरुलाई कामबाट जवाफदिनु पर्ने प्रधानमन्त्रीओलीको भनाइ छ ।

सरकार शुसासनमा दृढ रहेकोले सबै मन्त्री तथा सचिबहरुलाई यसको प्रत्याभुत् िदिन प्रधामन्त्री ओलीले निर्देशन दिनु भएको छ । “सरकार भ्रष्टाचारप्रति शुन्य सहनशिल छ । त्यसकारण साथीभाइ, कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]