Sorry, your browser does not support JavaScript! चार हजार सफल सल्यक्रिया गरेका डाक्टर रोकालाई अवार्ड - Merodesh.news

चार हजार सफल सल्यक्रिया गरेका डाक्टर रोकालाई अवार्ड

विराटनगर। 

योग शिक्षाका क्षेत्रमा काम गर्ने डिभाइन टेनिङ सेन्टर इटहरीले लिथुवेनियाका पत्रकार स्वः रोकास जिल्लिन्स्कासको सम्झनामा स्थापना गरेको रोकस जिल्लिन्स्कास चिकित्सा क्षेत्रको अवार्ड डाक्टर यमबहादुर रोकालाई प्रदान गरेको छ । न्यूरो अस्पताल विराटनगरका बरिष्ठ न्यूरो सर्जन डाक्टर यमबहादुर रोकालाई रोकस जिल्लिन्स्कास अवार्ड प्रदान गरेको हो । सोही क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र पत्रकारिता क्षेत्रमा लामो समय बिताएका रविन्द्र मिश्र पनि अवार्ड प्रदान गएिको थियो ।

नौ वर्ष अघि पूर्वाञ्चलमा पहिलो पटक मष्तिस्कको शल्यक्रियाको शुरुवात गरेका डा. रोकाले न्यूरो सर्जरीको लागि विदेश तथा काठमाण्डौ जानु पर्ने वाध्यताको अन्त गरेका थिए । न्यरो सर्जरीमा एमसिएच गरेका डाक्टर रोकाले मस्तिष्क शल्यक्रियाकोनौ बर्षको अवधीमा चार हजार सफल शल्यक्रिया गरेका छन् । उनीस“गै काम सिकेका ६–७ जना चिकित्सकहरु न्यूरो सर्जन हुने क्रममा छन ।

अवार्ड ग्रहण पछि कुरा गर्दै डा. रोकाले न्यूरो सर्जरीमा अहिले नेपाल सरकारले दिदै आएको एक लाख छुटले बिरामी वर्गमा धेरै राहत भएको बताए । पूर्वाञ्चलमा सबैभन्दा सुलभ मूल्यमा न्यूरो सर्जरी सेवा प्रदान गर्ने आप्mनो प्रयासमा हाल सम्म सफल रहेको बताएका रोकाले पूर्वमा काम गर्ने बातावरण बनाउने न्यूरो अस्पताललाई पनि धन्यवाद दिएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]