Sorry, your browser does not support JavaScript! नेपाल विद्यार्थी संघको आयोजनामा ‘एनयसयू टेक फेस्ट २०७५’ हुने – Merodesh.news

नेपाल विद्यार्थी संघको आयोजनामा ‘एनयसयू टेक फेस्ट २०७५’ हुने

काठमाडौं ।

नेपाल विद्यार्थी संघको आयोजनामा जेठ २६ गते एकदिने ‘एनयसयू टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेविसंघकी केन्द्रीय सदस्य एवम् इ.मेली शाहले पत्रकार सम्मेलन गरेर विभिन्न क्लेजमा अध्ययनरत विद्यार्थी एव्म सिर्जनशिल उद्यमीहरुलाई लगानीको वातावरण र्सिजना गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएकी हुन ।

राजधानीको अन्नपूर्ण होटेल दरबारमार्गमा सम्पन्न हुने कार्यक्रमका बारेमा जानकारी दिदै केन्द्रीय सदस्य शाहले भनिन्,‘यस्तो खालको कार्यक्रम पहिलो पटक हो, कलेज स्तरमा व्यापारि वर्गहरुलाई उपस्थित गराएर विद्यार्थीहरुको क्षमता र दक्षता हरेर उहाँहरुले लगानी गर्ने मनस्थिति बनाउन सक्नुहुन्छ, यसबाट धेरै भन्दा धेरै विद्यार्थीहरुले लाभ लिन सक्ने हामीले आकलन गरेका छौं, विहान ९ बजेदेखि साँझ पाँच बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।’

उनले अघि थपिन्,‘विभिन्न कलेजमा पढ्ने विद्यार्थीहरुले ल्याएर आएका आडियाहरुलाई लगानि कर्ताको बीचमा राख्ने कोसिस हाम्रो रहने छ, त्यसले फाईदा हुनेखालका कन्सेप्टहरुमा लगानी गर्न उद्ध्त गराउने हाम्रो विश्वास हो, १२ कक्षा सकेर बसेका विद्यार्थीहरुको लागि दुईवटा फाईदा हुने हामीले देखेका छौं, पहिलो फाईदा उहाँहरुले कक्षा १२ सम्मको अध्ययन गर्दा के के कुरा सिक्नु भयो ? कुनै आविष्कार गर्न सक्ने हुनु भएको पनि होला, अर्को जुन अहिलेको बिदाको समय छ, यस समयमा वर्तमान सरकारका काम कार्यहरु, प्राविधिको विकास कुन तरिकाले हुँदैछ ? समाज कता गईरहेको छ जस्ता महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौं तयसैले पनि यो ईभेन्टको महत्व धेरै छ ।’

राजनीतिक दलहरुका कार्यकर्ताहरुले केवल आन्दोलन मात्रै गर्न जानेको छन् अरु कुनै कुरा सिकेका छैनन् भन्ने खालको समाजमा रहेको भ्रमलाई चिर्नको लागि आफूहरुले यो कार्यक्रमको आयोजना गरिएको शाहले जानकारी दिईन । उनले भनिन्,‘समाजमा हामी विद्यार्थी संगठन वा कार्यकर्ताको बारेमा ठूलो भ्रम छ, यिनीहरु केहीगर्न सक्दैनन्, आन्दोलन बाहेक, कुनै बेला सयम त्यस्तै थियो, आजको दिनमा हाम्रो सामुन्नेमा विकास र समृद्धिको कार्यभार उभिएको छ, हामीले पढेको शिक्षाले समाज र व्यक्तिलाई के दियो ? अबका दिनमा राजनीतिक आन्दोलन मात्र होईन, अबका दिनहरुमा नेविसंघले प्राविधिक, औद्योगिक, समृद्धिका बारेमा काम गर्नेछ, त्यसैको सूरुवाति हो यो ‘एनयसयू टेक फेस्ट’ ईभेन्टस ।’

उक्त इभेन्टमा भौतिक निर्माण र आधुनिक प्रविधि गरि दुई विधामा उपस्थित मध्यबाट एक–एक समुहलाई विजेता घोषणा गर्ने आयोजकले जानकारी दिएको छ । विजेताले एक–एक लाख नगद रुपैयाँ प्राप्त गर्नेछन् । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न क्षेत्रका लगानी कर्ताहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी
क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी

हरि अधिकारी गत ६ तारिखका दिन संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीको क्यापिटल हिलस्थित सङ्घीय संसद् भवनमा जुन आयतनमा शक्ति प्रदर्शन, तोडफोड र हिंसाचार प्रदर्शन भयो, त्यो यस महान् लोकतान्त्रिक[...]

हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण
हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण

विराटनगर/हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा[...]