Sorry, your browser does not support JavaScript! उत्पादनमुखी बजेट : पूर्वमन्त्री बस्नेत - Merodesh.news

उत्पादनमुखी बजेट : पूर्वमन्त्री बस्नेत

काठमाडौ ।

पूर्व उद्योगमन्त्री तथा संविधानसभाका सदस्य महेश बस्नेतले सरकारले आर्थिक वर्ष ०७५÷७६ को लागि ल्याएको बजेट उत्पादनमुखी भएको बताउनुभयो । राजधानीको सञ्चारकेन्द्र नेपालमा आज आयोजित ‘प्रस्तुत बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा युवानेता समेत रहनुभएका बस्नेतले सो कुरा बताएका हुन् ।

बजेटले मुलुक भित्र थप रोजगारी सिर्जना गरी नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु पहिलोपटक गरिएको भन्दै अब विदेशिनु युवाहरुलाई नेपालमै रोजगार पाउनेमा ढुक्क हुन आग्रह गरे । पूर्वमन्त्री बस्नेतले जलउर्जा, कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना भएकाले हालसम्म नेपालले विदेशमा श्रम बेच्दै आएको युवालाई स्वदेशमै काममा लगाई मुलुकले सम्बृद्धिको यात्रा गर्ने बताए ।

पूर्वमन्त्री बस्नेतले उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर रू.७ लाखसम्म र विदेशी भूमिमा सिप सिकेर फर्केका युवाहरुलाई १० लाखसम्म ऋण दिने योजना ल्याएकाले यो बजेटले लाखौं व्यक्तिहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने ठोकुवा गरे । त्यसैगरी पूर्वअर्थमन्त्री तथा कुशल पूर्वप्रशासक शंकरप्रसाद कोइरालाले सरकारले हालै ल्याएको बजेटले मुलुकको सम्बृद्धिको यात्रा तय गरेको बताए ।

हाम्रोजस्तो बजारमुखी अर्थतन्त्र भएको मुलुकले दुई छिमेकी मित्रराष्ट्रसँग रेलमार्ग जोड्दा मुलुकले सम्बृद्धि हाँसिल गर्न सक्ने जनाऊ गरे । पूर्वमन्त्री कोइरालाले सरकारले बजेटमा समावेश गरेका मदन भण्डारी राजमार्ग, पश्चिमसेती जलविद्युत आयोजना, काभ्रेमा अन्तर्राष्ट्रिय विमानस्थल, कृषि उत्पादन दोब्बर र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने योजना सरकारको दुरदर्शी योजना भएको भन्दै यी योजनाहरु कार्यान्वयन भएमा मुलुकले सम्बृद्धि हाँसिल गर्ने धारणा व्यक्त गरे । त्यसैगरी अर्थमन्त्री कोइरालाले राम्रो काम गर्ने सरकारी संस्थानहरुलाई हतोत्साहित होइन प्रोत्साहित गर्नुपर्ने कुरा बताए ।

त्यसैगरी उपभोक्ताकर्मी प्रेमलाल महर्जनले यसभन्दा अगाडि प्रस्तुत भएका बजेटभन्दा यसपटकको बजेट संघीय स्वरुपको भएकाले बजेटको आकार केही ठुलो भएको हो कि भन्ने प्रश्न गरे । पछिल्लो समय देशभर इन्धनलगायत खाद्यान्नको चरम मूल्यबृद्धि भएको बताउँदै सरकारले हनिमुन मनाएर कोठाबाट निस्कन नपाउँदै मूल्यबृद्धि गर्नु आम सर्वसाधारणको लागि चिन्ताको विषय भएको बताए । उहाँले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहँदा नेपाली बजारमा तेलको मूल्य बृद्धि हुनुलाई यो सरकार जनताको सरकार नभएको बताए । महर्जनले कालिमाटी तरकारी बजारले किसानबाट १० रुपैँयामा ल्याएको तरकारी उपभोक्ताहरुलाई ६० रुपैँयामा बेचिरहेको बताउँदै यहाँभित्र भएको विकृत्ति अन्त्य गर्नका लागि सरकार निर्मम भएर प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे ।

लामो समयदेखि उपभोक्ताहरुको हक हितमा काम गर्दै आउनुभएका महर्जनले सरकारी संस्थानहरु धमाधम धराशयी भइरहेको विषयमा इंगित गर्दै नेशनल टेडिङ्गलाई जस्तै साल्ट टेडिङ्ग कर्पोरेशनलाई पनि धराशयी बनाउने खेल भइरहेको प्रति आक्रोश व्यक्त गर्दै एक अरब ६३ करोड रकम दुर्गम क्षेत्रमा नुन ढुवानीका लागि अनुदान दिइएको रकमलाई अहिले आएर शेयरमा परिणत गर्नुपर्छ भन्नु सरासर गलत भएको टिप्पणी गरे । यो संस्थालाई बचाउनका लागि पूर्वमन्त्री बस्नेत र कोइरालालगायत कार्यक्रममा सहभागि सबै सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

यसैबीच, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईंले जिम्मेवार र जवाफदेही ढँगले पत्रकारिता गर्नुपर्ने, सत्य तथ्य र सन्तुलितको मूल्य मान्यतालाई सञ्चारकर्मीहरुले भुल्न नहुने भन्दै जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न सबै सञ्चारकर्मीहरुलाई अनुरोध गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिम्मेवार पदाधिकारीहरु, वरिष्ठ सञ्चारकर्मीसहित ठुलो संख्यामा सहभागिता रहेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]