Sorry, your browser does not support JavaScript! चलचित्र ‘किराँत भूमि’को निर्माण शुरु - Merodesh.news

चलचित्र ‘किराँत भूमि’को निर्माण शुरु

विराटनगर ।

किराँत राज्यको एतिहासिकता र पृष्ठभुमिलाई समेटेर नेपाली कथानक चलचित्र ‘किराँत भूमि’ निर्माण हुने भएको छ । नेपाल पत्रकार महासंघ मोरङमा बुधबार सो चलचित्रको शुभमुर्हुत गरिएको छ । नेपाल पत्रकार महासंघका प्रदेश एक अध्यक्ष बिक्रम लुईटेल र मोरङ अध्यक्ष बन्धु पोखरेलबाट चलचित्रको ब्यानर अनावरण गर्दै सो फिल्मको शुभमुर्हत गरिएको छ । किरात राज्यको कालखण्ड र सो समयमा भएको घटनाक्रमलाई उठानगर्न चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ ।

कोशी भिजन र आकास फिल्मस् प्रालीको ब्यानरमा वन्न लागेको चलचित्रमा किराँत राज्यको साशन व्यवस्था किरातभुमिको धर्म संस्कृति, कलासाहित्य र नेपालको सिमानाका विषयलाई चित्रण गरिने जनाइएको छ । समाजका ठुला–वडाहरुले सानाहरुलाई एक–आपसमा लडाएर कसरि फाइदा लिन्छन भन्ने विषयलाई चलचित्रमा समेटिएको चलचित्रका निर्देशक आकाश राईले बताए  । चलचित्रमा आकाश राई, मिना मादेन लिम्वु, युनिशा राई, रेखा लिम्वु तथा संचारकर्मी तेजेन्द्र भण्डारी, वालकलाकार मिशन राई तथा प्रकृति राईको भुमिका रहेको छ ।

आगामी दशैं तिहारसम्म चलचित्र प्रर्दशनगर्ने गरि आजैबाट निर्माण शुरु गरिने निर्माण पक्षले जनाएको छ । विराटनगर, धरान, विर्तामोड लगायतको ठाँउमा चलचित्रको छायांकन हुने निर्देशक राईले बताए । चलचित्रको निर्माण सम्पन्नगर्न ६० लाखको लागत लाग्ने अनुमान गरिएको निर्माता सरु राईले जानकारी दिए  ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]