Sorry, your browser does not support JavaScript! कोशीअञ्चल अस्पताललाई वातावरणकुलित अस्पताल बनाउछु : मेयर पराजुली - Merodesh.news

कोशीअञ्चल अस्पताललाई वातावरणकुलित अस्पताल बनाउछु : मेयर पराजुली

विराटनगर ।

विराटनगर महानगरपालिका र कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान चलाइने भएको छ ।
अस्पताल प्रशासन संग पटक पटक बसेको छलफलमा अस्पताल सुधारमा समन्वय गरी आगाडी वढ्ने सहमति भएको हो । अस्पतालको बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभिायान थालिने भएको हो । यसै अन्तरगत महानगरले केही दिनयता कोशी अञ्चल अस्पतालको आसपासको क्षेत्रमा सरसफाई अभियान चलाएको छ ।

यो क्रम वुधवार पनि जारी राखिएको थियो । सरसफाई अभियान चलेसगै अस्पताल वरपर पूर्णरुपमा सफा देखिन थालेको छ । सेवाग्राहीले अस्पताल परिसरमा भएको यसखाले सरसफाई अभियानले निरन्तरता पाउनुपर्ने बताएका छन् । सेवाग्राहीको भावना जायज भएको भन्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले वातावरणकुलित अस्पताल निर्माणमा महानगर कटिवद्ध भएर लाग्ने बताए । उनले अस्पतालका सुधार गर्नुपर्ने पक्षका विषयमा योजना निर्माण गरेर महानगरमा प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरेको जानकारी दिए ।

सरसफाई अभियान कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद दाहाल, कोशीअञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रोशन पोखरेल, अस्पताल विकास समितिका प्रशासन प्रमूख नवराज लुइटेल लगायतको सहभागिता रहेको थियो ।

फोटोहरु:

bhim parajuli cleaning hospital

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]