Sorry, your browser does not support JavaScript! प्रेसमैत्री नीति निर्माण गर्न एक नम्बर प्रदेश महासंघको माग - Merodesh.news

प्रेसमैत्री नीति निर्माण गर्न एक नम्बर प्रदेश महासंघको माग

बिराटनगर ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले प्रेसमैत्री नीति निर्माण गर्न सरकारसँग माग गरेको छ । महासंघको एक नम्बर प्रदेश समितिको मंगलबार सम्पन्न दोस्रो पुर्ण बैठकको निर्णय अनुसार पुर्ण प्रेसमैत्री नीति निर्माण गर्न एक नम्बर प्रदेश सरकारसँग माग गरेको हो ।

पत्रकार महासंघ एक नम्बर प्रदेश अध्यक्ष बिक्रम लुँईटेल र महासचिव विबेक गौतमका अनुसार आगमी नीति कार्यक्रम र बजेट पुर्ण पे्रेस मैत्री बनाउनकालागि एक नम्बर प्रदेश सरकारलाई आवश्यक सुझाव समेत समितिले दिएको छ । प्रेसमैत्री नीति कार्यक्रम निर्माणकालागि दश बुदे सुझाव समिति सहितको ज्ञापन पत्र बुधबार एक नम्बर प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको छ ।

प्रदेशको सबै काुनन निर्माण गर्दा प्रेस स्वतन्त्रताको प्रत्याभुत हुनेगरि निर्माण गर्नुपर्ने , संचार माध्यमको दर्ता, नबिरण, बर्गीकरण प्रदेश स्तरबाटै गरिनुपर्ने, समानुपाति बिज्ञापनि नीति लागू गरि बिज्ञापन प्राधिकरण गठन गरि बितरण गरिनुपर्ने, श्रमजिबि ऐन कार्यान्यन गराउन अनुगमन समिति निर्माण गरि अनुगमन गर्नुपर्ने र पारिश्रमिक नदिनेलाई कार्बाहीको व्यवस्था गरिनुपर्ने, संघिय संचारनालाई सँस्थागत गर्ने र प्रादेशिक संचार माध्यमलाई प्रबद्धन गरिनुपर्ने, प्रदेशमा आम सञ्चार प्रतिष्ठान, र मिडिया आयोग गठन गरिनुपर्ने, संघिय तहमा रहेका सबै संचार सम्बद्ध कार्यालयहरु प्रदेश मातहतमा संचालन गरिनुपर्ने , पत्रकारितामा लामो र बिशेष योगदान गर्ने पत्रकाहरुलाई सम्मान गर्ने र महासंघको भवन निर्माणमा सहयोग गर्नुपर्ने माग सुझाव पत्रमा रहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]