Sorry, your browser does not support JavaScript! उर्लाबारी नगर प्रमुखका पिएसओले सेवा ग्राहीलाई निर्घात पिटे - Merodesh.news

उर्लाबारी नगर प्रमुखका पिएसओले सेवा ग्राहीलाई निर्घात पिटे

उर्लाबारी (मोरंग) । 

मोरंगको उर्लाबारी नगरपालिका प्रमुख खडग फागोका अंगरक्षक (पिएसओ) ले कार्यालयमा आएका सेवा ग्राहीलाई निर्धात कुटपिट गरेका छन । इलाका प्रहरी उर्लाबारी दरबन्दि भै एक बर्षदेखी नगर प्रमुख फागोको सुरक्षामा खटिएका पिएसओ हवल्दार सम्पत राजबंशी र उनका सहयोगीले उर्लाबारी न्यायिक समितिमा महिला हिँसा घटनामा छलफल गर्न आएका सेवा ग्राहीलाई मंगलबार दिउँसो निर्धात कुटपिट गरेका हुन । बहिनी ज्वाईको बिबाद मिलाउन उर्लाबारी नगरपालिकामा आएका सेवाग्राहीहरु सुनसरी ईटहरीका मनिष भण्डारी उनका दाजुहरु सुमन र लोकबहादुर भण्डारी पिएसओ राजंबशीको कुटपिटबाट घाइते भए । दाजुद्धयको अवस्था समान्य भएपनि मनिषको भने मुखमा मुक्का प्रहार गरेकोले निक्कै बेर रगत पनि बगेको थियो ।

आफुलाई सादा पोशाकको प्रहरी बताउने हवल्दार सम्पतले आफना साथीहरुको सहयोगमा छलफलमा भएको समान्य बिबादकै बिषयमा एक्कासी गम्भिर कुटपिट गरेको भन्दै पिडितहरु जाहेरी दिन इप्रका उर्लाबारीमा पुगेका थिए । तर ईप्रकाका सई प्रकाश पराजुलीले घटना समान्य भएको भन्दै उजुरी लिन नमानेको र मिल्न दवाव दिएको घाइते मनिषले बताए । उनका अनुसार प्रहरीको दवावकै कारण कुटपिट भएको जाहेरी लेख्न लेखापढी व्यवसायीले समेत मानेनन । मनिषले भने , — ‘पटक पटक उजुरी लेख्न लेखन्दासलाई आग्रह गरयौ तर उनले नलेख्नु सामान्य कुरा हो भन्दै लेख्न मानेकै छैनन ।, ’ईप्रका उर्लाबारीले जाहेरी नलिएमा माथिल्लो तहमा गएर जाहेरी दिने पिडितहरुले बताएका छन ।’

घटना केही भएकै छैन के को उजुरी लिनु ,— सई प्रकाश पराजुली

ईप्रका उर्लाबारीका ईन्स्पेक्टर रामहरि तिम्सिनाले आफु बाहिर भएकोले घटनाबारे प्रस्ट नभैसकेको बताए । सई प्रकाश पराजुलीले घटना नै केही नभएको र कसैले कुनै उजुरी नै लिएर नआएको बताए । घटनाबारे सञ्चार माध्यममा आएपछि बल्ल उनले भने , — ‘पख्नोस है ईन्स्पेक्टर साप आएपछि म साधेर खवर गर्छु ।’

पिएसओको काम तोकिएको व्यक्त्तिको सुरक्षा प्रदान गर्नु हो , अन्य काममा हस्तक्षेप गर्नु हैन — एसपी मनोजुकुमार केसी

मोरंग प्रहरी प्रमुख मनोजकुमार केसीले पिएसओको काम तोकिएका व्यक्त्तिको सुरक्षा गर्नु मात्र भएको तर अरुलाई गएर म प्रहरी हुँ भन्दै कुटपिट गर्नु नभएको बताए । उनले अन्य काममा हस्तक्षेप गर्नुपरेपनि संगठनको माथिल्लो निर्देशन अनुसार हुनुपर्ने ताए । एपी केसीले घटनालाई छानबिन गरेर दोषीलाई कार्बाही गर्न सकिने भन्दै भने , — ‘सुचना पाएँ अवस्था बुझेर म एक्सन लिन्छु ।,

न्याययिक समितिमा आएका पक्ष बिपक्ष बिच झगडा हुन थालेपछि मसँग हिडने हवल्दारले हस्तक्षेप गरेका रहेछन, — नगरप्रमुख खडग फागो

उर्लाबारी नगरपालिका प्रमुख खडग फागोले पहिले पिएसओले मेरै आदेशमा सेवाग्राहीलाई कुटेको हो र उजुरी नलिन पनि मैले नै प्रहरीलाई भनेको हुँ तँपाइहरुले लेखिदिनोस भन्दै हप्काए । तर नयाँपत्रिका प्रमुख फागोलाई पिएसले गरेको घटना भएकोले तँपाइसँग बुझनकालागि सम्पर्क गर्नु परेको भन्दै सम्झाएपछि बल्ल उनले आफु नभएको समयमा घटना भएको बताए । उनले भने , — ‘न्याययिक समितिमा आएका पक्ष बिपक्ष बिच झगडा हुन लाग्दा मसँग हिडने हवल्दार र अको रिटायर्ड प्रहरीले हस्तक्षेप गरेका रहेछन ।,

न्यायिक समिति संयोजक तथा उपप्रमुख लक्ष्मीदेवी भण्डारीको भनाई

उर्लाबारी नगरपालिका न्यायिक समिति संयोजक तथा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले न्याययिक समितिमा आएका पक्ष बिपक्ष बिच कार्यालयमा लफडा हुन अवस्था आएपछि सबैलाई बाहिर पठाएर आफुले प्रहरीलाई खवर गरेको बताइन । उनले भनिन , — ‘तर म कायकक्षमै थिएँ बाहिर एक्कासी कुटपिट भएछ कस्ले पहिले कुटेको हो त्यो चाँही भन्न सक्दिन ।,

न्यायकालागि आएका हामी उल्टै घाइते भयौ ( पिडित मनिष भण्डारीको घटना बयान )

उर्लाबारी ८ बस्ने बहिनी मेनुकालाई ज्वाई बौद्धमान खडकाले कुटपिट गर्दै यातना दिने गनुभएको रहेछ । यसैले बहिनीले सँगै बस्न नसक्ने भन्दै न्यायिक समितिमा निदेबन दिएकी थिइन । यही समस्या समाधान गर्न उर्लाबारी नगरपालिका न्यायिक समितिमा मंगलबार छलफल तय भएको थियो । सोही छलफलमा भाग लिन हामी माइती पक्ष सुनसरी ईटहरीबाट हामी दाजुहरु सोमवार म र मेरा दाजुहरु सुमन र लोकबहादुर उर्लाबारी नपा पुगेका थियौ । तर न्याययिक समितिले मेनुका र उनका ज्वाई पक्षलाई मात्र राखेर ढोका थुनेर छलफल गराइरहेको थियो ।

आफुहरुलाई सहभागी नगराई ढोका थुनेर एक पक्षिय छलफलको बहानामा दवावमा निर्णय गराउन सक्ने आशंका गर्दै हामीले समितिको ढोका ढकढकाएर खोल्न लगायौ । ढोका खुलेपछि हामीले न्याययिक समितिलाई यसरी एक पक्षिय छलफल गराउन पाइदैन भन्दै आक्रोश पोख्यौ र कुनै कुरामा मिलापत्र नगर्न भन्दै बहिनीलाई भन्यौ । त्यत्तिकैमा कार्यालयमा होहल्ला भयो । हामी परिसरमा आएर बिबाद गर्न थाल्यौ । यत्तिकैमा आफुलाई मेयरको सुरक्षा गार्ड बताउने र प्रहरीको हवल्दार हु भन्ने सम्पत्त राजबंशी आएर मलाई र दाजुहरुलाई मुक्का हाने । मेरो मुख फुटेर हवाल्हवाली रगत बग्यो । मलाई कुटेको देखेर दाजुहरुले उनिहरुलाई धक्का दिएर पर हुत्याइदिनुभयो । त्यसपछि आफुलाई व्युरोको प्रहरी बताउने व्यक्त्ति र सम्पत्त राजबंशी समेतले मिलेर तीन मिनेटसम्म लगातार हामीलाई कुटिरहे ।

म पनि नेपाल आर्मीमा काम गरिसकेको मान्छे हुँ । मैले हात लगाएको भए उनिहरुको पनि मुख टाउको फुटाउन सक्थे । तर मैले र दाजुहरु कसैले पनि हात छाडनौ । न्याय माग्न आएका हामी उल्टै कुटाई खानु परिेपछि प्रहरीमा उजुर गर्न गयौ । तर सई प्रकाश पराजुलीले उजुरी लिन मानेनन । मेयर साहेब आउदै हुनुहुन्छ समान्य कुरा हो मिल्नुपर्छ भनेर झुलाई रहे । हामीलाई मेयर साहेब आउदै हुनुहुन्छ मिल्नुपर्छ भनेर चौतर्फी दवाव दिइरहेका छन ।

सुरक्षा थ्रेट बिनै पिएसओ प्रयोग

सुरक्षा थ्रेट नभएपपनि निर्वाचित देखिनै मोरंग उर्लाबारी नगरपालिका प्रमुख खडग फागोले गत एक बर्षदेखी ईप्रका उर्लाबारी दरबन्दि भएका प्रहरी हवल्दार सम्पत राजबंशीलाई पिएसओका रुपमा प्रयोग गर्दै आएका छन । उनको नीजि सुरक्षामा खटिएका पिएसओ राजबंशीले चाँही आफनो जिम्मेवारी पुरा गर्नु भन्दा पनि मेयरको अंगरक्षक भएको दम्भमा दादागिरी गर्दै आएको आम गुनासो छ ।
पिएसओ राजबंशी दिनभरि फागोको सुरक्षामा खटिने गरेपनि खाना र बासकालागि चाँही ईप्रका उर्लाबारी नै पुग्ने गरेका छन ।सुरक्षा थ्रेट नभएपनि नगरपालिकाले पिएसओकालागि अनावश्यक खर्च बेहोर्नुपरिरहेको कर्मचारी र जनप्रतिनिधिहरुको बताउँछन । एक नम्बर प्रदेशमा पिएसओ लिने नगर प्रमुख फागो मात्रै हुन ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]