Sorry, your browser does not support JavaScript! जनप्रतिनिधि सञ्चालक रहेको क्रसर उद्योग मापदण्ड विपरित - Merodesh.news

जनप्रतिनिधि सञ्चालक रहेको क्रसर उद्योग मापदण्ड विपरित

विराटनगर ।

मोरङको केरावारी खण्ड हुदै भएर बग्ने खदम खोलामा जनप्रतिनिधिकै लगानीमा रहेको क्रसर उद्योगहरुमा मापदण्ड विपरित रहेको पाइएको हो । केरावारी गाउपालिका अध्यक्ष रोहित कार्की सहितका जनप्रतिधिहरुले सञ्चालन गरेको उद्योग अबैध पाइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा भएको अनुगमनका क्रममा गाउपालिका अध्यक्षकै क्रसर उद्योगले मापदण्ड पूरा नगरेको पाइएको हो । अध्यक्ष कार्की केरावारी गाउपालिका –५ मा सञ्चालित कृष्ण क्रसिङ इन्ड्रस्टीज प्रालिका सञ्चालक मध्येका एक हुन् ।

उनी सञ्चालक रहेको क्रसर उद्योगले मापदण्ड पूरा नगरेको रिपोर्ट अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई बुझाएको छ । अनुगमन समितिले खदम खोलामै सञ्चालित महादेव मिनरल इन्डट्रिज केरावारी २ र शिवम एग्रिगेट इन्ड्रस्टीज प्राली पनि मापदण्ड विपरित रहेको रिपोर्ट प्रमुख जिल्ला अधिकारी समक्ष पुगेको हो । महादेव र शिवममा पनि केरावारी गाउपालिकाका जनप्रतिनिधहरुकै लगानी छ । शिवमा वडा नम्बर ३ का वडा अध्यक्ष भक्त श्रेष्ठको पनि लगानी छ भने महादेवमा वडा नम्बर ८ का मनोज खडका र वडा नम्बर १० का अध्यक्ष जंग खवासको पनि लगानी छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]