Sorry, your browser does not support JavaScript! ८ महिना यताको पारिश्रमिक पाएका छैनन् कटहरीका सहयोगी कार्यकर्ताले - Merodesh.news

८ महिना यताको पारिश्रमिक पाएका छैनन् कटहरीका सहयोगी कार्यकर्ताले

कटहरी गांउपालिका,मोरङ ।

कटहरी गांउपालिकाका बालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरुले शिक्षक सरहको दरबन्दी माग गरेका छन । बालबिकास केन्द्र संरक्षण तदर्थ समिति कटहरी नामक समिति गठन गरि गोलबन्द भएका उनिहरुले प्रावि शिक्षक सरहको सेवा सुविधा पाउनुपर्ने माग गर्दै कटहरी गांउपालिकालाई ज्ञापन बुझाएका छन । समितिकी अध्यक्ष नितु कामतको अगुवाईमा गएको सहयोगि कार्यकर्ताहरुको टोलीले कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतलाई सो बिषयको ज्ञापन पत्र बुझाएको छ ।

गांउपालिकालाई बुझाईएको ज्ञापनमा सहयोगि कार्यकर्ताहरुलाई शिक्षक सरहको दरबन्दी कायम गर्दै प्रा.वि. तहका शिक्षकले खाने बराबरको तलबको ब्यवस्था गर्नुपर्ने माग गरिएको छ । यस्तै अन्य शिक्षक सरहको पोषाक भत्ता समेत उपलब्ध गराईनुपर्ने माग गरिएको छ । सहयोगि कार्यकर्ताहरुको ज्ञापन लिनुहुंदै कटहरी गांउपालिका प्रमुख कामतले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न सहयोगि कार्यकर्ताहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहांले गांउपालिका भित्रका विद्यालयहरुमा शिक्षाको गुणस्तर सुधार भएको खण्डमा सहयोगि कार्यकर्ताहरुको मागलाई सम्बोधनगर्न आफु सकारात्मक रहेको बताउनुभयो । प्रमुख कामतले शिक्षाको गुणस्तर सुधार्न गांउपालिकामा ५० लाख बजेट बिनियोजन गरिएको जानकारी समेत दिनुभयो ।

कटहरी गांउपालिकाका १९ विद्यालयमा ४१ महिला र १ पुरुष गरि ४२ जना सहयोगि कार्यकर्ता छन । यसअघि जिल्ला शिक्षा कार्यालयबाट पारिश्रमिक भन्दै मासिक ६ हजार पाउदै आएपनि ब्यवस्था परिवर्तन भएर गांउपालिकामा गएपछि ८ महिनायता उनिहरुले सो रकमपनि पाउन सकेका छैनन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]