Sorry, your browser does not support JavaScript! कोशी अञ्चल अस्पतालमा फोहोरको पिरलो - Merodesh.news

कोशी अञ्चल अस्पतालमा फोहोरको पिरलो

विराटनगर।  

कोशी अञ्चल अस्पतालको बच्चा वार्ड नियमितरुपमा दुर्गन्धित रहने गरेको छ । फोहोर र दुर्गन्धकै कारण सो वार्डमा उपचारका लागि आउने बालबालिका र शिशु थप विरामी हुने अवस्था छ । धार्मिक शास्त्रहरुमा वर्णन गरिएको नर्कको दुर्गन्ध यथार्थमा महशुस गर्नुपरे कोशी अञ्चल अस्पतालको बच्चा विभाग गएहुन्छ । बालबालिकाको उपचार गृहकै छेउमा फोहोरको डम्पीङ साईट बनाइएकाले यहां जुनसुकै समय बसि नसक्नुको दुर्गन्ध फैलिन गर्छ । यस्तो अवस्थामा पनि सर्वसाधारण आफ्ना बालबच्चाको उपचारका लागि यहां आउन बाध्य छन् । गरिबि र विपन्नताले सुबिधा सम्पन्न र महंगा क्लिनिक तथा अस्पतालहरुमा पहुँच नभएका सर्वसाधारण, आफ्ना विरामी बच्चा लिएर यहां उपचार गराउन आउने गरेका छन् । तर वार्डभित्र भने बसि नसक्नुको अवस्था रहेको विराटनगर खार्जीकी मिरा निरौलाको भनाई छ ।

koshi hospital

वार्ड भित्रका शौचायलको नियमित सरसफाई नगरिनु र उपचारकक्षको पुर्वपट्टि नजिकै रहेको फोहोर फ्याल्ने ठांउबाट आउने दुर्गन्धले बालबालिकालाई विभिन्न किसिमका संक्रमणले थप विरामी हुने अवस्था रहेको बताउनुभयो ।
अधिकांश कुरुवा आफ्ना बालबच्चालाई दुर्गन्धको पीडाबाट जोगाउन अस्पताल पसिरमा टहलिंदै गरेका भेटिन्छन । वार्डको सरसफाईमा लापरवाही गरिनु र वार्डकै झ्याल छेउमा डम्पीङ साईट बनाइएकाले यस्तो अवस्था आएको विराटनगर १८ बाट आफ्नो विरामी छोराको उपचार गराउन आउनुभएकी उर्मिलादेवी साहको भनाई छ । उपचारमा खटिएका डाक्टर र नर्सहरु मास्क लगाएर दुर्गन्धबाट बचे पनि विरामी बच्चा र तिनका अभिभावक भने सास्ती खेप्न बाध्य छन् । परिसरभित्र फोहोर फाल्ने ठांउको अभावका कारण बच्चा वार्डकै छेउमा फोहोर विसर्जन गर्नुपरेको अस्पतालको प्रशासन विभागका कर्मचारी नवराज लुईटेल दाबी गर्नुहुन्छ ।

koshi

अप्रेसन थिएटर, क्वाटर र क्यान्टीन लगायतको फोहोर समेत सोहि ठांउमा फाल्ने गरिएको छ । अस्पतालले सो क्षेत्रको सरसफाई गर्न सातामा दुईपटक ट्रयाक्टरमा फोहोर ओसार्ने गरी मासिक २० हजारमा ठेक्का दिईएको छ । फोहोर संकलक ठेकेदार गुलाबचन्द कामतले आफुले नियमित फोहोर संकलन गर्ने गरेपनि सो क्षेत्रमा खाद्यान्न र कुहिनेजन्य पदार्थ फालिने गरेका कारण दुर्गन्धको समस्या रहिरहेको बताउनुभयो । गणतान्त्रिक संबिधानले समेत स्वास्थ्य सेवालाई जनताको मौलिक हकको रुपमा स्थापित गरिसकेको छ र यतिखेर स्थानिय तथा प्रदेश सरकारले समेत पुर्णता पाईसकेको छ । यस्तो अवस्थामा पनि कोशी अञ्चल अस्पतालको बच्चा विभागको दुरावस्था हुनु दुर्भाग्यपुर्ण छ । जनप्रतिनिधि र अस्पताल प्रशासनले बिषेश चासो लिएर यो समस्याको तत्काल समाधान गर्नुपर्ने सरोकारवालाले माग गरेका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]