Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य हत्याले चर्चित भएकाहरु - Merodesh.news

सुन तस्करी र सनम शाक्य हत्याले चर्चित भएकाहरु

विराटनगर । 

१९ फागुन २०७४ दिन विराटनगर महानगरपालिकाको ३ नम्बर वडा स्थित पोखरिया क्षेत्रमा मोरंग उर्लाबारी नपा ७ का ३६ बर्षिय युवा सनम शाक्यको शव स्कारपियो जीपबाट बरामद भएपछि मोरंग निरन्तर चर्चामा छ । तस्करी भएर आएको साढे ३३ केजी सुन लुटिएपछि खोजी गर्ने क्रममा गोरे भनिने चुडामणी उप्रेतीका भरिया सनमको यातनाबाट मृत्यू भएपछि मोरंग निरन्तर चर्चामा रहेको हो । सुन तस्करी र भरिया सनम शाक्यको हत्याको रहस्य पत्ता लगाउने गृह मन्त्रालयले गरेको बिशेष छानबिन टोलीले लहरो तान्दा पहरो नै पहिल्यायो । जसले ९ प्रहरी सहित ६३ जना पहिलो चरणमा अभियुक्त्त भए । मोरंग जिल्ला अदालतमा १९ बैसाखमा अभियोग दर्ता भएपछि सुरु भएको बयान र थुनछेक बसह अस्ति आइतबार गोरेलाई पुर्पक्षकालागि जेल पठाएपछि मात्र धपेडी तत्कालकालागि सकिएको छ । यो भन्दा अघि ८ जेठमा अदालतका न्यायधिश नारायण शर्माले पक्राउ परेका ३० मध्ये २८ जना सबै अभियुक्त्तलाई पुर्पक्षकालागि जेल पठाइसकेका छन । प्रहरीले पक्राउ गरेर अदालतमा हाजिर गराइएका मुख्य अभियुक्त्त भनिएका गोरे भनिने चुडामणि उप्रेती पनि चार दिनको निरन्तर बयानपछि १३ जेठमा पुर्पक्षकालागि जेल चलान भैसकेका छन ।

सुन र सनम मुद्दाले व्यस्त बनायो

सुन र सनम मुद्दाले गर्दा मोरंग तीन महिना पुरै व्यस्त भयो । खासगरि मोरंगका प्रहरी, पत्रकार अनि सरकारी बकिल अति व्यस्त भए । यस्तै मोरंगका मात्र नभएर काठमाण्डौ , सुनसरी र झापाका कानुन व्यवसायीहरुले पनि राम्रो बिजनेश पाए । अभियोग पत्र दर्ता भएपछि मोरंग अदालतका ६ नम्बर इजलासका कर्मचारी र न्यायधिश पनि पुरै व्यस्त भए । अदालतको सुरक्षा व्यवस्थापनि कडा भयो । अभियुक्त्तहरुका आफन्तदेखि मुद्दामा चासो दिने व्यक्त्तिहरुले गर्दा अदालत सधै भीडभाड रह्रो । यति मात्र हैन सुन र सनम मुद्दामा देशका मुलधारे मिडियाहरु पनि निरन्तर फलोअपमा अझै रहिररहेका छन । यद्यपि छानबिन समितिले दोस्रो चरणको अनुसन्धान थालेर थप चार जना आरोपी समातिसकेको र थप समात्ने भएकोले मोरंग अझै चर्चामा रहिरहने निश्चित छ । अर्कोतिर पुर्पक्षमा गएकाहरुले जिल्ला अदालतको आदेश बिरुद् १७ नम्बर जाने , उच्च अदालतमा बहस हुने र पुन आदेश हुने कुराले पनि थप चर्चा पाउने छ । त्यसपछि मुद्दामा साक्षीहरुको बकपत्र र अदालतको फैसलाले गर्दा अझै मोरंग दुई तीन बर्ष सुन र सनम मुद्दामा चर्चामा आइरहेछ । सुन र सनम मुद्दाले विराटनगरमा रहेर मुलधारका मिडियामा काम गर्ने पत्रकारहरु निरन्तर वाइलाइन फलोअप समाचारमा छाइरहे र अझै छाइरहनेछन ।

सुन र सनम मुद्दामा जसले चर्चा पाए

देशको इतिहासमै भएको ठूलो र सनसनि पुर्ण अनुसन्धानले गृह मन्त्री रामबहादुर थापादेखी छानबिन समिति संयोजक सहसचिव ईश्वरपोखरेललाई हवात्तै चर्चामा ल्याएको छ । सँगै सुन तस्करीका मास्टर माइण्ड मोरंग उर्लाबारी नपा ७ का नाइके चुडामणी उप्रेतीले सबै भन्दा बढी चर्चा पाएका छन । १८ फागुनमा हराएको सुन पत्ता लगाउनकालागि यातना दिने क्रममा उर्लाबारी ७ का युवा सनम शाक्यको हत्या भएपछि गोरे फरार भएका थिए । त्यसपछि उनि ८ जेठ बिहान काठमाणैको गौरीधारामा पक्राउ परेका थिए । यसैगरि उनि जत्तिकै नभएपनि गोरेका सहयोगी रहेका तर हत्या गरिएका सनम शाक्यले पनि देश बिदेशबाट सहानुभुतिमुलक चर्चा पाउन सफल भएका छन ।

सुन हराएपछि गोरेको केरकारमा सहभागी भएकादेखी अबैध कारोवारमा जोडिए आरोपीहरु पनि अदालतबाट अभियुक्त्त बनेपछि चर्चामा आएका छन । यसरी चर्चा पाउनेहरुमा गोरेका भाई रमेश उप्रेती र पत्नी निरु खरेल ९उप्रेती० पनि छन । उनिहरु अझै फरार सुचीमा भएकोले चर्चित बनेका छन । गोरकै कारण उनका बुवा नेत्र उप्रेती पनि मिडियामा छाउन पुगेका छन । बाबु नेत्रले काठमाण्डौ गौरीधाराको घर गोरेको अबैध कमाइले नभै आफनो पेन्सन र गोरेको बिदेश बस्दाको बैध कमाइले बनाएको बताएका थिए । सुन र सनम काण्डले मोरंगको उर्लाबारीलाई पनि देश बिदेशमै चर्चित बनाएको छ । सुन काण्डका नाइके गोरे उर्फ चुडामणी उप्रेतीको घर पनि उर्लाबारी नपा ७ पशुपति मार्गमा छ। हत्या गरिएका भरिया सनम शाक्यको घर पनि उर्लाबारी ७ मै प्रहरी थानासँगै र भरियाहरु मोहन काफले , माधब घिमिरे , नरेन्द्र कार्कीदेखी पक्राउ परेका तात्कालिन एमाले नगर अध्यक्ष रेवन्त आर्चायको समेत घर उर्लाबारी नै भएकोले झन चर्चा चुलिएको छ ।

सुन र सनम काण्डमा राप्रपा नेता भुजुंग गुरुङ पनि पञ्चायतकालदेखीको सुन तस्करीमा संलग्न व्यक्त्ति भनेर कहलिएका छन । नातामा उनका सालो पर्ने छिरिंग घलेले पनि अदालतमा आत्मसर्मपण गरेपछि चर्चा पाएका छन । फरार रहेका उनले जेठ २० गते जिल्ला अदालत मोरंगमा आत्म सर्मपण गरेका थिए । यसैगरि फरार भएपछि सुन तस्करीका मुख्य नाइके मोहनकुमार भनिने पटनाका मनोज अग्रबालको पनि मुख्य नाइके भनिएका गोरेले अदालतमा बयान दिएपछि चर्चा चुलिएको छ ।  सुन र सनम मुद्दामा निलम्बित एसएसपी श्यामबहादुर खत्री र हाल जेलमा पुर्पक्षमा रहेका निलम्बित प्रहरीहरु एसपी दिवेश लोहनी , बिकासराज खनाल , पुर्व डिआईजी गोबिन्द निरौला , डिसपी प्रजित केसी , सञ्जयबहादुर राउत र सई बालकृष्ण सञ्जेल पनि एकाएक चर्चामा आएका छन । अदालतबाट सादा तारेखमा पुर्पक्ष गर्नेगरि छाडिएका एसएपी श्याम खत्रीका अंगरक्षक अमरबहादुर थापा र ड्राइभर धरौटीमा छाडिएका बिष्णुबहादुर खडकाले पनि बिशेष चर्चा पाएका छन । एसपी दिवेश लोहनी त अदालतमा म्याद थप गर्न जाँदा पत्रकारलाई लात्ती हानेर पनि थप चर्चित बनेका थिए । जेल जाने बेलामा डाको छाडेर रुने प्रहरी भनेर पनि उनले चर्चा पाए ।
सुन र सनम मुद्दामा चर्चा पाउनेहरु मोरंग अदालतका ६ नम्बर इजलासमा मुद्दा सुनवाई गरिरहेका न्यायधिश नारायणप्रसाद शर्मा ,सरकारी बलिकको कार्यालय मोरंगका जिल्ला न्यायधिबक्त्ता पुण्यप्रसाद पाठक सहायक न्यायधिबक्त्ता रोहित पोखरेल नारायण बस्ती र उच्च अदालतका सह न्यायधिबक्त्ता चिरन्जिबी पराजुली पनि परेका छन ।

यसैगरि एक नम्बर प्रदेश सभाका माननिय सदस्य लिलाबल्लभ अधिकारी र पुर्व महान्यायधिबक्त्ता रमण श्रेष्ठदेखी अधिबक्त्ताहरु यमहादुर थापा मगर , खगेन्द्र श्रेष्ठ , हिक्मत कार्की, मधुसुदन चौधरीदेखी अधिबक्त्ता उद्धवचन्द्र घिमिरे सम्म छन । न्यायधिश शर्माले बिबेक पुरयाएर समाजबादी आदेश दिएर आफुलाई बिबादबाट जोगाएको र मुद्दाको पुर्ण पुपक्ष गराउन सहयोग गरेको भन्दै चर्चा बटुलेका छन । यसैगरि न्यायधिबक्त्ता पुण्यप्रसाद पाठक र उनको टीमले अभियोग पत्र तैयार गर्न गरेको मेहनत र संगठित अपराधबारे अदालतलाई बुझाउन समुह बनाएर थुनछेक बहसमा भाग लिएको र तार्किक प्रतिउत्तर दिएर सवै अभियुक्त्तहरुलाई पुर्पक्षमा जेल पठाउन सफल भएको भन्दे चर्चा पाएका छन । यस्तै अधिबक्त्ता यमबहादुर थापा मगर एक्कैले मुख्य अभियुक्त्त गोरेको पक्षमा बहस गरेपछि चर्चा पाएका छन । अधिबक्त्ता घिमिरेले त झन अदालतमा भिडियो देखाउन नदिन इजलासभित्र चर्को प्रतिरोध गरेर चर्चा पाएका छन ।

यसैगरि अधिबक्त्ताहरु खगेन्द्र श्रेष्ठ , हिक्मत कार्कीले ले प्रहरी जवान बिष्णुबहादुर खडका र अधिबक्त्ता मधुसुदन चौधरीले हवल्दार अमरबहादुर थापाको पक्षमा बहस गरेर उनिहरुलाई तारेखमा छुटाउन सफल भएकोमा चर्चा पाएका छन । बरिष्ठ अधिबक्त्ता तथा पुर्व महान्यायधिबक्त्ता रमण श्रेष्ठले आफै महान्यायधिबक्त्ता रहेका बेला पहिले दायर गरेको ३३ केजी सुन अभियोगमा जोडिएका आरोपिहरुको मुद्दामा बहस गरेर न्यायायिक क्षेत्रमा नैतिकताको स्खलन गराएको भन्दै चर्चा पाएका छन । यसैगरि एक नम्बर प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले पनि अधिक शंकामा रहेका आरोपी बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेर नैतिकतामा प्रश्न लगाएको भन्दै चर्चा पाएका छन । अधिबक्त्ता अधिकारीले उच्च अदातलतका न्यायधिशको भन्दा उच्च तहको हैसियतलाई आफुैले फौजदारी मुद्दाको अभियोगमा बहस गरेर गिराएको मात्र नभै नीति बनाउने ठाउँमा बसेर आफैलाई स्खलन गराएको आरोप पनि खेपेका छन ।
यसैगरि सुन र सनम मुद्दामा चर्चा पाउनेहरुमा मोरंगका एसपी अरुण बिसी पनि आफनै बिभागका अफिसरहरुलाई आफनै कार्यालयको हिरासतमा हेरचाह गरेर तीन महिने निरन्तर तनाव झेलेर पनि चर्चित बनेका छन । हाल उनि एसएसपीमा बढुवा भएकोले मोरंगमा छैनन ।

तात्कालिन एमाले कार्यकर्ता मोरंग उर्लाबारीका रेवन्त आर्चाय पनि गोरेलाई सहयोग गरेको आरोपमा पक्राउ परेपछि चर्चित हुन पुगेका छन । पहिले समान्य व्यक्त्ति रहेका उनको उर्लाबारीमा एकाएक सुनपसल किन खोलिएको रहेछ भन्ने रहस्यपनि साम्य भएको छ । यसैगरि गोरेका भरियाहरु उर्लाबारीका माधव घिमिरे , मोहन काफले नरेन्द्र कार्की देखी अन्य भरियाहरु ठेकराज मल्ल , लाक्पा शेर्पा भबिन राई भन्ने भबिन तामांग , रुस्तम मियाँ लगायत गोरेले यातना दिँदा सँगै रहेको र त्यो भिडियो सर्वाजनिक भएपछि संसारभर फैलिसकेकोले उनिहरु पनि चर्चित भएका छन । टेकराज , मोहन , माधब लगायत प्रहरीमा दिएको आफनो बयानले गर्दा पनि बिशेष रुपले चर्चा पाउन सफल भए । उनिहरुले अदालतमा ईन्कारी बयान दिएपनि प्रहरी र छानबिन समितिलाई सुन के र कसरी तस्करी हुन्थ्यो र को को सहभागी थिए भन्ने बिस्तृत रुपले खुलाएका थिए ।

चर्चामा आउने अर्की बिशेष पात्र गोरेको गर्लफ्रेण्डका रुपमा रहेकी रक्षा भण्डारी र समनकी गर्लफेण्ड निशा ठकुरी पनि हुन । निशाले त छानबिन समितिलाई रहस्य मबनेको साढे ३३ केजी सुन कस्ले लुटेको हुन सक्छ भन्ने बयान पनि प्रहरीलाई दिएर रहस्यमय पात्रका रुपमा चर्चा पाइन । सुन र सनम काण्डले काठमाण्डौका केही नामी सुन व्यपारीहरुलाई पनि चर्चामा ल्याएको छ । २०७४ मंसिरमा तस्करी भएर आएको ३३ केजी सुन मुद्दामा समेत अभियुक्त्तरहेका अभियुक्त्तहरु प्रमोद श्रेष्ठ , राजेन्द्रकुमार शाक्य , माधव सुबेदी ,मल्लिका बज्रचाय , राजेश शाक्य , सपन श्रेष्ठ , गीता श्रेष्ठ , कृष्ण गोपाल श्रेष्ठ लगायत साढे ३३ केजी सुन काण्डमा पनि अभियुक्त्त बनेकोले चर्चा पाउन सफल भएका छन ।
सुन र सनम काण्डमा हाल सम्म फरार रहेका अभियुक्त्तहरु भने निरन्तर चर्चामा रहिरहनेछन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]