Sorry, your browser does not support JavaScript! बलात्कारपछि छोरीको हत्या गरिएको भन्दै न्याय माग्न आमा काठमाडौंमा - Merodesh.news

बलात्कारपछि छोरीको हत्या गरिएको भन्दै न्याय माग्न आमा काठमाडौंमा

काठमाडौं ।

अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लब नेपालमा मृतक नेपालीका आमाले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस ९ गते कालिका मन्दिरमा मृत भेटिएकी समिताको आत्महत्या नभई हत्या नै भएको दाबी गरेका छन् । मृतक नेपालीकी आमा लिला नेपालीले अर्घाखाँचीको प्रशासनले न्याय नदिएको बताउँदै बाध्य भएर आफू न्यायको लागि काठमाडौं आईपुगेको बताईन् । उनले भनिन्,‘मेरो छोरीको हत्या हुनपूर्व २०७३ साल माघ ७ गते बलात्कार हुनु र त्यसको करिब एकवर्ष पछि हत्या हुनु सामान्य रहस्य होईन, मेरी छोरीको बलात्कारपछि हत्या नै गरिएको हो, जिल्ला प्रशासन कार्यालयमा मैले न्यायको लागि धेरै आग्रह गरें तर राज्यले बलात्कारी राजु अधिकारीलाई समात्नपनि सकेन, त्यसपछि नाटकीय रुपमा छोरीलाई मृत्युको मुखमा पु¥यायो ।’

rape victim

छोरीको बलात्कारपछि हत्या भएपछि जिल्लामा आफूले न्यायको लागि धेरै पैतला खियाएको उल्लेख गर्दै उनले भनिन्,‘ जुत्ता फाटे तर मैले न्याय पाईंन, त्यसैले म पत्रकारहरुको सरणमा आएकी हुँ, दोषीलाई तत्काल समातेर कारबाही गरियोस्, छोरीको हत्यारालाई समातियोस्, गत वर्ष पुस ६ गते बिहान काठमाडौं कोठाबाट स्कुल गएकी छोरी ११ बजेसम्म घर नफर्केपछि खबर गरियो, खबर गर्दाखेरी मैले मेरै जातको केटासँग बिहे गरेर हिँडेको खबर आयो त्यसको तीन दिनपछि मृत भेटिएको खबर भूमिकास्थान नगरपालिकाकै झबिन नेपालीले दिएको र मोबाईलमा उसैको धम्किपूर्ण एसएमएस भेटिएको थियो, त्यति प्रमाण हुँदापनि प्रहरीले उनलाई केही समयसम्म निगरानीमा राखेपनि अहिले खुल्लम खुल्ला हिँडिरहेको छ ।’ त्यस्तै कार्यक्रममा मानव अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने,‘भारत, अमेरिका, बेलायतलगायत अन्य देशमा बलात्कारीलाई फाँसिको सजाय दिने कानून छ, हाम्रो देशमा किन नहुने ? २०७१÷०७२ को तथ्याङ्कलाई हेर्ने हो भने पछिल्ला वर्षमा ३० प्रतिशतले बलात्कारका घट्नाहरु बढेका छन् ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]