Sorry, your browser does not support JavaScript! गंगामाया अधिकारीको जीवनरक्षाका लागि अपिल - Merodesh.news

गंगामाया अधिकारीको जीवनरक्षाका लागि अपिल

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएका ब्यक्तिहरुलाई सजाय दिन न्यायको माग राख्दै अत्यन्तै जिर्ण शारीरिक अवस्थामा रहेकी सत्याग्रही गंगामाया अधिकारीले आमरण अनसन पुनः सुरु गरेको आज सातौं दिन वितिसक्दा पनि नेपाल सरकारको यसतर्फ कुनै पहल नभएकोमा जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ । स्मरण रहोस यसअघि छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादी कार्यकर्ताले २०६१ जेष्ठ २४ गते चितवनको बकुलर चोकमा विभत्स तरिकाले गरेको हत्याका विरुद्घ न्याय खोज्दाखोज्दै उनका पति नन्दप्रसाद अधिकारीको ३३४औं दिनको आमरण अनसनपछि मृत्युु भएको हो । हत्याको किटानी जाहेरी परेपनि चितवन जिल्ला अदालतमा करिब पाँच बर्षदेखि सुनुवाई भईरहँदा पनि विभिन्न वाहानामा यस मुद्दाको पेशी बारम्बार सार्दै जानु विडम्बनापूर्ण रहेको ठहर समितिको छ ।

सत्याग्रही गंगामायाको माग अनुसार सम्मानित सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न दुईबर्ष अघि दिएको आदेश तत्काल कार्यन्वयन गरी उनलाई न्यायको अनुभुति दिलाउँन र जीवन रक्षा गर्न नेपाल सरकार गम्भीर होस् भन्ने अपिल गर्दछौ । यसका साथै कानुन कार्यन्वयन गर्ने निकाय बिशेष गरेर नेपाल प्रहरीले नागरिकलाई कानुनी शासनको प्रत्याभुति दिलाउँन यसमा ईमान्दार पहल गरोस् भन्ने माग गर्दछौं । संबन्धित अस्पतालले दिएको जानकारी अनुसार गंगामायाको स्वास्थ्य स्थिति आजदेखि झन गम्भीर हुँदै गएकोले उनको जीवन रक्षाका उपाय तत्काल खोजियोस् भन्ने सरकारसँग जोडदार आग्रह गर्दछौं ।

जवाफदेहीता निगरानी समितिका तर्फबाट,

चरण प्रसाई, संयोजक

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]