Sorry, your browser does not support JavaScript! सांसद कप पुरुष राष्टिय नाइट भलिबलको उपाधी एपीएफलाइ - Merodesh.news

सांसद कप पुरुष राष्टिय नाइट भलिबलको उपाधी एपीएफलाइ

सुनसरी। 

शशस्त्र प्रहरीको एपीएफ क्लबले इटहरीमा सम्पन्न प्रथम सांसदकप पुरुष राष्टिय नाइट भलिबल प्रतियोगिताको उपाधी जितेको छ । इटहरी स्थित क्षेत्रिय रंगशालामा शनिबार राती १० बजे सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाइ पराजित गर्दै शशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधी संगै नगद २ लाख हात पारेको छ । उपबिजेता नेपाल पुलिस क्लबले नगद १ लाख रुपैयामा चिक्त बुझाएको छ । शनिबार राती सम्पन्न प्रतिष्पर्धात्मक खेलमा एपीएफले नेपाल पुलिसलाइ २४–२६, २५–१३, २५–१६ र २५–१८ ले पराजित गरेको हो ।

पहिलो सेटको रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले जितेपनि बांकी सेटहरुमा लगातार पराजित भएपछी नजिता एपीएफको पक्षमा परेको हो । बिधागत पुरस्ककार तर्फ पनि एपीएफकै बर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफका लक्ष्मण राणा घोषित हुदै २४ इञ्चको एलइडी टिभी पाए । यस्तै शशस्त्रकै लोकेन्द्र गिरी उत्कृष्ट सेटर, सञ्जु बिक्रम शाह एत्कृष्ट स्पाइकर, महेन्द्र श्रेष्ठ उत्कृष्ट क्विकर, मिलन मल्ल उत्कृष्ट ब्लकर र नेपाल पुलिस क्लबका भिम मगर उत्कृष्ट लिब्रो घोषित भए ।

उनीहरु सबैले जनही ५–५ हजार नगद पुरस्कार पाए । बिजेता तथा उपबिजेता टिमहरुलाइ राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, प्रमुख सल्लाहकार सालिग्राम खड्का लगायतले पुरस्कार बितरण गर्नुभयो । नेपालमै पहिलो पटक आयोजना गरिएको प्रथम रात्रीकालिन भलिबल प्रतियोगितामा दुइ बिभागिय टिम सहित प्रदेश १, ३, ४ र ५ गरी जम्मा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता जेठ १७ गते देखी सुरु भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]