Sorry, your browser does not support JavaScript! संसद सञ्चालन नियामावली भोलि सर्वसम्मतीबाटै पारित हुन्छ : सभापति पोखरेल - Merodesh.news

संसद सञ्चालन नियामावली भोलि सर्वसम्मतीबाटै पारित हुन्छ : सभापति पोखरेल

मेरोदेश सम्वाददाता, काठमाडौं, २० जेठ। 

नेकपाका सांसद एवम् प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियामावली आज वा भोलिभित्रै सर्वसम्मतीमा नियामावली पारित गर्ने विश्वास दिलाए ।  आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पोखरेलले संसद सञ्चालन नियामावली आन्तरिक कार्यविधि भएकोले यसलाई भोटिङ्मा लैजानुभन्दापनि सर्वसम्मतीबाटै पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै सांसद पोखरेलले भने,‘नियामाली पारित गराउनेबारे मैले प्रतिनिधि सभाका सभामुखज्यूलाई भेटेको छु, भोलि वा पर्सीसम्म सर्वसम्मतीमै नियामावली पारित हुन्छ।’ यदि सर्वसम्मती भएन भने आफूहरुले यसलाई बहुमतबाट पारित गर्नेपनि उनले जनाए । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷०७६ को बजेट मुलुकको आर्थिक समृद्धिको पक्षमा रहेकोले स्पष्ट पारे ।

बजेटले रोजगारीको सुनिश्चितता् गरेको, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुको बारेमा सुश्चितता गरेको बताउँदै पोखरेलले बजेट सबैको साझा बनेको जिकिर गरे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]