Sorry, your browser does not support JavaScript! प्रधानमन्त्री ओलीद्वारा साइकल दिवशको शुभकामना - Merodesh.news

प्रधानमन्त्री ओलीद्वारा साइकल दिवशको शुभकामना

मेरोदेश सम्वाददाता, काठमाडौं, २० जेठ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम साइकल दिवशको शुभकामना व्यक्त गरेका  छन् । प्रधानमन्त्री ओलीले साइकल दिवशको अवसरमा आज बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानव जीवन साइकल चढे जस्तै भएको बताएका  छन् । गतिशिल मानव जीवनको प्रतिकको रुपमा साइकल चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने प्रधानमन्त्री ओलीके शुभकामनामा उल्लेख छ ।

साइकलको ऐतिहासिकताबारे प्रष्ट्याउदै प्रधानमन्त्री ओलीले शुभकामना मन्तवयमा भनेका छन्  “आरोग्य, खेलकूद र व्यायामका लागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको छ । दुई सय वर्ष अघि जर्मनीका एक धनाढ्यले पहिलो पटक साइकल प्रयोग गर्दा यसको यति व्यापक प्रसार हुनेछ भन्ने नसोचेका पनि हुन सक्छन् । तर वितेकादुई शताब्दीमा सरल, सर्वसुलभ, वातावरणमैत्री, प्रदूषण रहित र आवत–जावतको मितव्ययी साधनका रुपमा समेत यो झन्झन् लोकप्रियहुँदै आएको छ ।”

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामनामा साइकल यात्रीको सुरक्षा र सुविधालाई ध्यानदिंदै काठमाडौं महानगरमा साइकल ट्रयाक निर्माण गर्ने देखि प्रमुख सार्वजनिक यातयातका साधनको रुपमा विजुलीबाट चल्ने मनोरेलको सुरुवात गरिने उल्लेख गरेका छन् ।

सुभकामना  पत्र: 

world bicycle day

Advertise Expired !

सम्बन्धित समाचारहरु

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे

विराटनगर, ८ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बिहीबार बिहान गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको प्रदेश नं ५[...]