Sorry, your browser does not support JavaScript! सहकारी क्षेत्रलाई बित्तिय परिचालनको आधारस्तम्भको रुपमा प्राथमिकता दिईने : मुख्य मन्त्रि शेरधन राई - Merodesh.news

सहकारी क्षेत्रलाई बित्तिय परिचालनको आधारस्तम्भको रुपमा प्राथमिकता दिईने : मुख्य मन्त्रि शेरधन राई

मेरोदेश सम्वाददाता, विराटनगर, २० जेठ। 

प्रदेश नम्बर  १ का मुख्य मन्त्रि  शेरधन राईले सहकारी क्षेत्रलाई सरकारको अब घोषणा हुने प्रदेशको नीति तथा कार्यक्रममा बित्तिय परिचालनको आधारस्तम्भ र अर्थतन्त्रको मेरुदण्डको रुपमा प्राथमिकता दिने घोषणा गरेका छन।
प्रदेश स्तरीय १ दिने सहकारी गोस्ठीको बिराटनगरमा उद्घाटन तथा सम्बोधन गर्दै मुख्य मन्त्रि  राईले सो कुरा ब्यक्त गरेका हुन्।  प्रदेश सरकारको गठन पछि पहिलो पटक भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश न। १ ले सहकारी समबन्धि प्रदेश स्तरीय सो गोस्ठी सम्पन्न गरेको हो।

अधिकांश जिल्लाका सहकारी संघ सस्था र सो क्षेत्रमा कार्यरत सहकारीकर्मी तथा अभियन्ताहरुको सहभागिता भएको सो कार्यक्रममा अब निर्माण हुने सहकारीको प्रदेश र स्थानीय ऐन तथा नियम बारे बिज्ञहरुबाट सल्लाह सुझाव सहितको कार्य पत्र प्रस्तुत गरिएको थियो।   कार्य पत्र प्रस्तुत गर्दै मन्त्रालयका सचिव डा। हरि बहादुर के।सी।ले सहकारी मार्फत परदेश न। १ मा आर्थिक बृद्दी तथा रोजगार सिर्जना गर्ने कुरामा जोड दिनु पर्ने बताए भने उपसचिव बाबुलाल रेग्मीले सहकारीले वर्तमान अवस्थामा कृषि क्रान्तिमा जोड दिनु पर्ने कार्य पत्र प्रस्तुत गरे।

सोहि गोस्ठीमा सहकारी विज्ञका रुपमा आमन्त्रित जिल्ला सहकारी संघ मोरंगका अध्यक्ष तथा त्रिबि अर्थ संकायका उपप्राध्यपक दिल्ली पोखरेलले सहकारी इतिहास वर्तमान र भबिस्यका बिबिध आयाम बारे कार्य पत्र प्रस्तुत गर्दै सरकारले सहकारीलाई क्षेत्रलाई प्राथमिकता नदिएको र बेवास्ता गरेको र सहकारी क्षेत्रको बिकासमा शुन्य योगदान दिएको चर्चा गर्दै आगामी प्रदेश तथा स्थानीय कानुन तथा नीति नियममा सहकारी क्षेत्रलाई प्रमुख स्थान दिनु पर्ने कुरामा जोड दिए।   गोष्ठीमा  झापा, इलाम, मोरंग, सुनसरी, धनकुटा, तेर्हथुम, भोजपुर, उदयपुर लगायत जिल्लाबाट आएका सहकारी क्षेत्रसँग सम्बन्धित बिभिन्न व्यक्तिहरुले कार्यपत्रमाथि आ(आफ्नो अवधारणा राख्दै सहकारी क्षेत्रलाई बिशेष प्राथमिकता सहित सहकारी मैत्री कानुनको आवश्यकता प्रति ध्यानाकर्षण गराएका सो गोस्ठीमा मन्त्रालयका तोया तिम्सिनाले सहजीकरण तथा कार्यक्रम संयोजन गरेका थिए।

कार्यक्रमका  केहि तस्बिर: 

 

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]