Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य हत्याका अभियुक्त्तको पक्षमा बहस गर्ने प्रदेश साँसदलाई स्पष्टीकरण दिन माग - Merodesh.news

सुन तस्करी र सनम शाक्य हत्याका अभियुक्त्तको पक्षमा बहस गर्ने प्रदेश साँसदलाई स्पष्टीकरण दिन माग

मेरोदेश संम्बाददाता,  बिराटनगर, १८ जेठ ।

सुन तस्करी र शनम शाक्य हत्या काण्डमा अभियोग लागेका प्रहरीको पक्षमा बहस गरेर नैतिक प्रश्न उठाएको भन्दै एक नम्बर प्रदेश सभा सदस्य तथा अधिबक्त्ता लिलाबल्लभ अधिकारीलाई स्पिष्टिकरण दिनु पर्ने माग प्रदेश सभामा उठेको छ । एक नम्बर प्रदेश सभामा आफैले बनाएको नियमावली आफैले उल्लंघन गरेर सदस्य लीला बल्लभ अघिकारीले सभामा स्पिष्टिकरण दिनुपर्ने माग प्रदेश सभामा उठेको हो । शुक्रबार एक नम्बर प्रदेश सभाको बैठकमा शुन्य समयमा बोल्दै सत्ता पक्षका सदस्य कुशल लिम्बुले नैतिकताको प्रश्न उठिसकेकोले सत्ता पक्षका प्रदेश सभा सदस्य लीला बल्लभ अघिकारीले सभामा स्पिष्ठिकरण दिन माग गरेका थिए । उनले नियमावली पालना नगर्ने सदस्यहरुलाई छुट दिन नहुने भन्दै नियमावली पालना गराउन सभामुख प्रदिपकुमार भण्डारीसँग माग पनि गरे ।

सुन तस्करी र सनम शाक्य हत्या अपराधका अभियुक्त्त नेपाल प्रहरीका निलम्बित सई बालकृष्ण सञ्जेलको पक्षमा एक नम्बर प्रदेश सभा सदस्य अधिबक्त्ता लीलाबल्लभ अधिकारीले बहस गरेका थिए । तर फौदजारी अभियोग लागेमा सभा सदस्य निलम्बन हुने र फौजदारी अभियोग लागेको व्यक्त्तिलाई सहयोग गर्नु अनैतिक हुने एक नम्बर प्रदेश सभाको नियमावली बनिसकेकोले सदस्य अधिकारीले आफनौ नैतिकतामा प्रश्न उठाएकोले नियमावली पालना गराउन सभा सजग हुनुपर्ने माग साँसद लिम्बुको थियो । अभियुक्त्त सञ्जेलको पक्षमा बहस गर्ने प्रदेश सभा सदस्य लीलाबल्लभ आफै एक नम्बर प्रदेश सभा संचालन नियावली मस्यौदा समितिको संयोजक थिए । उच्च अदालतको न्यायधिश भन्दा माथिल्लो हैसियत भएका , सदाचारको नीति निर्माण गरेर पालना गराउने निकायकै सदस्यले नियमावली बिपरित कार्य गरेर नैतिकतामा प्रश्न उठाएकोले नियमावली पालना गराउनु सभाको दायित्व भएको साँसद लिम्बुले सभामुखको ध्यान आर्कषण गराएका थिए ।

साँसद अधिकारीले फौजदारी अभियुक्त्तको पक्षमा बहस गरेर नैतिक स्खलन गरेर सभा सदस्यहरुको समेत मान मर्दन गरेको भन्दै एक नम्बर नेकपा प्रदेश सभाको सँसदिय दलको बैठकले पनि साँसद अधिकारीलाई बिहिबार स्पिष्टिकरण सोध्ने निर्णय गरेको थियो । तात्कालिन बाम गठबन्धनबाट मोरंग २ नम्बर क्षेत्रको ख बाट बिजयी एमाले प्रदेश सभा सदस्य बिजयी हुनु अघि काुननी पेशमा सक्रृय थिए । अधिबक्त्ता रहेका उनले अझै पनि आफनो पेशा जारी राखेका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]