Sorry, your browser does not support JavaScript! बाढी पीडितले राहत बुझ्दा वडा अध्यक्षलाई कमिशन - Merodesh.news

बाढी पीडितले राहत बुझ्दा वडा अध्यक्षलाई कमिशन

मेरोदेश संम्वाददाता, बिराटनगर १८ जेठ ।

रंगेली नगरपालिका वडानम्बर ४ का बडाध्यक्ष र सदस्यहरुले बाढी पीडितकालागि राहतस्वरुप आएको रकमबाट कमिशन असुल्ने गरेको खुलासा भएको छ । राहत रकम उपलब्ध गराउन सहयोग गरिदिएवापत उनिहरुले रकम असुल्ने गरेका हुन । कमिशन बुझाउन बाध्य भएका बाढी पीडितहरुले शुक्रबार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरेर सो बिषयमा जानकारी गराएका छन । रंगेली नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष भुपेन्द्र मण्डलले वडासदस्य गोबिन्दा मण्डल मार्फत पीडितकालागि आएको राहत रकमबाट कमिशन उठाउने गरेको बताएका छन ।

बाढी पीडितकालागि पछिल्लो समय सरकारबाट घर बनाउनकालागि उपलब्ध गराइएको प्रति परिवार २५ हजारको राहत रकमबाट १ हजारदेखि १० हजारसम्म कमिशन उठाउने गरेको पत्रकार सम्मेलनमा आएका पीडितहरुले खुलासा गरेका छन । रंगेली ४ का ८० बर्षिय बुलाई मण्डलले २५ हजारको राहत रकमबाट आफुलाई ५ हजार बुझाउन बाध्य पारिएको बताए । सोहि ठाँउकी सुनिता ऋषिदेवले आफुसंग ७ हजार रकम असुलिएको गुनासो गारिन् । उहांले राहत रकम उपलब्ध गराउन सहयोग गरेको भन्दै वडासदस्य गोबिन्दा मण्डलले रकम लिएको जानकारी दिए ।

वडासदस्य गोबिन्दाले वडाध्यक्षलाई समेत रकम दिनुपर्ने भनेर रकम लिएको बताए । सुनिताकी बुहारी पारोदेवि ऋषिदेव समेत सोहि वडाको सदस्य रहेका कारण उनलाई समेत २ हजार भाग लगाईएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा समेत आएकी वडासदस्य पारो ऋषिदेवले आफुलाई २ हजारको भाग लगाईएपनि सुनिता ऋषिदेव नातामा सासु पर्ने भएकाले आफ्नो भागको रकम नलिने भन्दै सुनितालाई नै फिर्ता गरेको जानकारी दिइन् । अर्का बाढी पीडित भुपेन्द्र ऋषिदेवले वडासदस्य गोबिन्दाले थप रकम आउने प्रलोभनदिंदै काम गरिदिएवापत ५ सय लिएको बताए ।

सो वडाका वडाध्यक्ष र वडासदस्यहरुले आपसी मिलेमतोगरि यसअघि आएको तत्कालिन राहत रकमबाट समेत बाढी पीडितको भागबाट रकम असुलेको पीडितहरुले जानकारी दिएका छन । बाढी पीडितलाइ घर बनाउनकालागि पछिल्लो पटक आएको २५ हजारको रकमबाट उनिहरुले प्राय सबैबाट रकम असुलेको पीडितहरुको दाबी छ । यता सो बिषयमा टेलिफोनमा प्रतिक्रिया दिनुहुंदै आरोप लगाइएका वडाध्यक्ष भुपेन्द्र मण्डलले आफुले कुनैपनि ब्यक्तिसंग रकम असुल्न नलगाएको दाबी गरेका छन् । अन्य सदस्यहरुले के गरे बिषयमा छानबीन हुनुपर्ने बताउदै उहांले विपक्षीहरुले अनावश्यकरुपमा आफुलाई विवादमा तान्ने प्रयास गरिरहेको दाबी समेत गरेका छन । रंगेली नगरपालिकाको सो वडामा ६५ जना पुर्ण र २१३ जना आंशिक बाढी पीडित भएको जनाइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]