Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेश सभाका अब चार दल मात्र - Merodesh.news

एक नम्बर प्रदेश सभाका अब चार दल मात्र

मेरोदेश संम्वाददाता, बिराटनगर १८ जेठ ।

एक नम्बर प्रदेश सभामा अव चार वटा राजनैतिक दल मात्र संसदिय अधिकारमा समिति भएका छन । पहिले पाँच बटा राजनैतिकका प्रतिनिधित्व भएपनि माओबादी केन्द् र एमालेको एकतापछि नेपाल कम्युनिष्ट निर्माण भएपछि एक नम्बर प्रदेशमा पाँच वटाको ठाउँमा अव चार वटा मात्रै संसदिय दल सिमित भएका हुन । बिहिबार बसेको एक नम्बर प्रदेश सभाको नेपाल कम्युनिष्ट पार्टीको बैठकले अव माओबादी केन्द्र र एमाले एउटै दल भएको र सदस्यको सँख्या ६७ पुगेको सभामुख प्रदिप भण्डारीलाई जानकारी गराएका छन ।

एक नम्बर प्रदेश सभामा एमाले ५१ काँग्रेस २१ माओबादी १६ संघिय समाजबादी ३ राप्रपा १ र संघिय लोकतान्त्रिक मञ्चको १ सदस्यको प्रतिनिधित्व थियो । नेकपाको एक नम्बर प्रदेशको संसदिय दलको नेता राई र उपनेता आङबोहाङ
नेकपाको संसिदिय दलको नेतामा मुख्य मन्त्री समेत रहेका शेरधन राई र उपनेतामा टंक आङबुहाङ चयन भएका छन । बिहिबार बसेको नेकपा एक नम्बर प्रदेश ससदिय दलको बैठकले राईलाई मुख्य र आङबुहाङलाई उपनेतामा चयन गरेको हो । पहिले राई एमालेको संसदिय दलको नेता थिए भने आङबुहाङ माओबादी केन्द्रका । बैठकले संसदिय दलको प्रमुख सचेतक र सचेतक को हुने भन्ने टुंगो लगाइसकेको छैन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]