Sorry, your browser does not support JavaScript! सिण्डिकेट अन्त्य गर्न सरकार कठोर हुन्छ – गृहमन्त्री बादल - Merodesh.news

सिण्डिकेट अन्त्य गर्न सरकार कठोर हुन्छ – गृहमन्त्री बादल

मेरोदेश सम्वाददाता, विराटनगर, १७ जेठ ।

गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रको सिण्डिकेट जस्तै अब सबै प्रकारका सिण्डिकेट अन्त्य गर्न सरकार कठोर भएर लाग्ने बताएका छन् । शुक्रवार प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङको संयुक्त आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले शिक्षा, स्वास्थ्य, विकास निर्माणका क्षेत्रमा देखिएको सिण्डिकेट र कार्टेलिङ तोडिने बताएका हुन् ।

कानुनलाई उल्लंघन गर्दै चलिरहेका सिण्डिकेट, तस्करी, कालोबजारी र अनियमितता अन्त्य गर्न सरकार कठोर कदम चाल्न पछि नहट्ने गृहमन्त्री थापाले बताए । आर्थिक समृद्धि र विकास अहिलेको सरकारको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै उहाँले त्यसमा ध्यान केन्द्रित गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

विकास निर्माणका काम र निर्माण व्यवसायको जिम्मा भौतिक मन्त्रालयको मातहतमा पर्ने भएकाले मन्त्रालयले त्यसमा भएका अनियमितता छानविन गरेपछि कार्वाहीको लागि गृहमन्त्रालयले सहयोगी भुमिका खेल्ने गृहमन्त्री थापाले प्रष्ट पारे । समृद्धि र विकासको लागि सुशासन र सुरक्षा महत्वपूर्ण विषय भएको उनको भनाइ थियो । बजेटले प्रदेश सरकारलाई अधिकार नदिएको गुनासोका विषयमा सोधिएको प्रश्नमा गृहमन्त्री थापाले प्रदेशलाई अधिकार सम्पन्न बनाउने क्रम सुरू भइसकेको जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]