Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : एउटै कारागारमा मुख्य दुई आरोपी - Merodesh.news

सुन तस्करी प्रकरण : एउटै कारागारमा मुख्य दुई आरोपी

मेरोदेश सम्बाददाता, बिराटनगर, १८ जेठ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव ३८ कुइन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी मध्येका दुई जनालाई एउटै कारागारमा राखिएको छ । मुख्य आरोपी मध्ये चुडामणि उप्रेती गोरे र निलम्बित प्रहरी एसएसपी श्यामबहादुर खत्रीलाई एउटै कारागारमा राखिएको हो । उनीहरुलाई जिल्ला कारागार मोरङमा राखिएको हो । बिहिवार अदालतमा उपस्थीत भएका खत्रीले आफूलाई झुम्का कारागार पठाउन भनेका थिए । तर न्यायधिस नारायणप्रसाद शर्माको इजलासले उनलाई मोरङ कारागार नै पठाएको हो ।

मोरङ कारागारमा गोरे पनि छन् भने पाच प्रहरी अधिकृत सहित २८ जना झुम्का कारागारमा छन् । गोरे र खत्री एउटै कारागारमा भएपनि उनीहरु बिच भेटघाट भने भएको छैन् । जिल्ला कारागार मोरङका जेलर शंकरप्रसाद पौडयालका अनुसार उनीहरु बिच भेट नभएको हो । खत्रीले गोरे बसेको कारारगारमा आफू नजाने बताउदै आफ्ना कानुन व्यावयायी हेमराज पन्तलाई झुम्का पठाउनकालागि इजलासमा आग्रह गर्न लगाएका थिए । तर इजलासले नमिल्ने भन्दै मोरङ कारागार पठाएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]