Sorry, your browser does not support JavaScript! सांसद अधिकारीलाई लिखित स्पष्टीकरण सोधिने - Merodesh.news

सांसद अधिकारीलाई लिखित स्पष्टीकरण सोधिने

मेरोदेश संबाददाता, विराटनगर, १७ जेठ ।

सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा मुछिएका नेपाल प्रहरीका सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेका संसद लिलाबल्लभ अधिकारीलाई लिखित स्पष्टीकरण साधिने भएको छ । बिहिवार पार्टी एकिकरण पछि प्रदेश नम्बर १ को तत्कालिन एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठकमा सांसदहरुले कुरा उठाएपछि मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता शेरधन राईले लिखित स्पष्टीकरण सोध्ने बताएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले सांसद भएपछि पनि कानुन व्यावसायीको रुपमा बहस गरेका अधिकारीलाई स्पष्टीकरण सोध्न बताएका हुन् । बैठकमा कुरा उठेपछि मुख्यमन्त्रीले स्पष्टीकरण सोध्ने धारण राखेको संसदीय दलको उपनेता टंक आङवुहाङले जानकारी दिए । ‘बैठकमा कुरा उठेपछि संसदीय दलको नेताले सम्बोधन गर्दै स्पष्टीकरण सोध्ने बताउनु भएको छ ।’ आङबुहाङले भने । बिहिवारको बैठकमा अधिकारी भने उपस्थीत थिएनन् । गत आइतवार अधिकारीले सञ्जेलको पक्षमा बहस गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]