Sorry, your browser does not support JavaScript! ज्येष्ठ नागरिक मैत्री विराटनगर बनाउछु : मेयर पराजुली - Merodesh.news

ज्येष्ठ नागरिक मैत्री विराटनगर बनाउछु : मेयर पराजुली

मेरोदेश सम्बाददाता, बिराटनगर, १७ जेठ

विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरलाई जेष्ठ नागरिक मैत्री बनाउने बताउनु भएको छ । विराटनगर महानगर ३ स्थित परोपकार ज्येष्ठ नागरिक दिवासेवा केन्द्र गोधूलिमार्गमा विहिवार आयोजित एक कार्यक्रमका वीच मेयर पराजुलीले यस्तो धारणा व्यक्त गर्नु भएको हो । केन्द्रले विराटनगर महानगरपालिकाको सहयोगमा जेष्ठ नागरिकका लागि चाहिने धार्मिक पुस्तक,खेल तथा भजन किर्तनका सामाग्रीका साथै स्तरिय वस्ने स्थान समेत बनाएको छ ।
केन्द्रले दर्जनौ जेष्ठ नागरिकहरुलाई दिउसोको खाजा र समय समयमा तिर्थाटन समेत गराउदै आएको छ । उदाहरणीय बन्दै गएको ज्येष्ठ नागरिक दिवासेवा केन्द्र जस्तै अन्य सामाजिक संघ ,संस्थाहरु आएमा महानगरका सवै स्थानमा सहयोग गरिने मेयर पराजुलीले घोषणा गर्नु भयो ।

उहाँले सवैले चाहेको खण्डमा विराटनगर महानगर ज्येष्ठ नागरिक मैत्री बन्न कुनै समयनै नलाग्ने भन्दै आफुलाई सामाजिकरुपमा सहयोगका लागि अपिल समेत गर्नु भयो ।
ब्यस्त समय र जीवनर्शैलीका कारण पछिल्लो समय समस्यामा गुज्रिरहेका जेष्ठ वुवा आमाहरुलाई केन्द्रले गरेको काम यतिवेला समयसापेक्ष बन्न पुगेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]