Sorry, your browser does not support JavaScript! जेल चलान भएका श्रीनिवास बाटाे मै बिरामी, उपचारकालागि अस्पताल लगियो - Merodesh.news

जेल चलान भएका श्रीनिवास बाटाे मै बिरामी, उपचारकालागि अस्पताल लगियो

मेरोदेश संबाददाता, बिराटनगर १६ जेठ ।

आफैं माथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु स्वामी श्रीनिवासाचार्यलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज दिउसो प्रमुख जिल्ला अधिकारीको ईजलासमा भएको बहसपछि उनलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासमा भएको बहसपछि स्वामी श्रीनिवासाचार्यलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पुर्पक्षकालागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । उनलाई झुम्का कारागारमा राख्ने आदेश भएको छ ।

श्रीनिवासाचार्यको तर्फबाट अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए । आदेशसंगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । सो क्रममा उनले आफुलाई फंसाईएको दाबी गरेकाछन् । जिल्ला प्रशासन कार्यालयबाट निकालिएसंगै उनले आफुलाई सांस फेर्न समस्या भएको बताएपछि झुम्का कारागारको साटो कोशी अञ्चल अस्पतालतर्फ लगिएको थियो । अस्पताल पु¥याईएका श्रीनिवासाचार्यलाई अस्पतालका ईमर्जेन्सी कक्षका चिकित्सकहरुले स्वास्थय परीक्षण गरेका थिए । उनलाई थप उपचारकालागि अस्पतालमा भर्ना गरिएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]