Sorry, your browser does not support JavaScript! के गर्दैछन कारागारमा गोरे ? - Merodesh.news

के गर्दैछन कारागारमा गोरे ?

कारगारमा सुरुमा अतालिएजस्तो देखिएका गोरे विस्तारै सामान्य अवस्थामा फर्कन थालेको जेलर संकरप्रसाद पौड्यालले जानकारी दिए ।

मेरोदेश संबाददाता, बिराटनगर १६ जेठ ।

सनम शाक्य हत्या अभियोग सँगै खुलेको करिव ३८ कुइन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरे कारागार चलान भएको तीन दिन भएको छ । सुन तस्करी प्रकरणमा मुछिएका ६३ आरोपी मध्ये गोरे सहित २९ जना पूर्पक्षकालागि थुनामा छन् ।

आइतवार जिल्ला कारागार मोरङ चलान भएका उप्रेती सामान्य दैनिकीमा फर्कन थालेका छन् । कारगारमा सुरुमा अतालिएजस्तो देखिएका गोरे विस्तारै सामान्य अवस्थामा फर्कन थालेको जेलर संकरप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार गोरे कारागारमा सामान्य मानिसस“ग घुलमिल हुन थालेका छन् ।

तस्करी र हत्या प्रकरणका आरोपी उप्रेती गत मंगलवार पक्राउ परेका थिए । गत बुधवारदेखि जिल्ला अदालतमा भएको थुनछेक बहस पछि उनी आइतवार पूपक्र्षकालागि जिल्ला कारागार मोरङ चलान भएका थिए ।

सोही मुद्धाका अन्य २८ आरोपी क्षेत्रिय कारागार झुम्कामा छन् । झुम्कामा एसएसपी दिवेश लोहनी र पाच प्रहरी सहित १४ जना ब्लक २ मा छन भने अन्य १४ जना ब्लक १ मा छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]