Sorry, your browser does not support JavaScript! जनताका लागि वर्तमान सरकार अन्तिम आशा : प्रम ओली - Merodesh.news

जनताका लागि वर्तमान सरकार अन्तिम आशा : प्रम ओली

मेरोदेश संबाददाता, काठमाडौं, १६ जेठ

प्रधानमन्त्री ओलीले वर्तमानसरकारले जनताको भरोसालाई तल माथी पर्न नदिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “जनताको लागि यो सरकार अन्तिम आशा हो । जनताको यो आशालाई तलमाथी पर्न दिइदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले हरेक बालबालिकामा फरक फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठुलो अन्याय गरेको बताउनुभयो । “असाधरण क्षमता भएका साना नानीहरुलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “ति बच्चाहरु फेल होइन सरकार,शिक्षक,विद्यालय ,पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो ।” बच्चाहरुको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरुलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको बताउनुभयो । शिक्षकहरुलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकहरुलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गर्नुभएको छ । अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भिर भएकोे प्रधानमन्त्री ओलीको भनाइ छ । “पढाउन नजान्ने शिक्षक राखेर हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “सबै शिक्षकहरुले आफूले पढाउने बिषयमा दक्षता हासिल गर्नुहेस । बिषयवश्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?”

प्रधानमन्त्री ओलीले शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवश्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । “शिक्षालाई आधुनिक,प्रतिष्पर्धी,विकास र रोजगारसँग जोडिएको बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]