Sorry, your browser does not support JavaScript! ब्यवस्थापन समिति गठन नहुंदा देवानगञ्जको स्वास्थ्य सेवा प्रभावित - Merodesh.news

ब्यवस्थापन समिति गठन नहुंदा देवानगञ्जको स्वास्थ्य सेवा प्रभावित

 मेरोदेश संबाददाता, देवानगञ्ज, सुनसरी,  १६ जेठ

राजनितिक खिचातानीका कारण सुनसरीको देवानगञ्ज गांउपालिका वडा नम्बर ३ मा स्वास्थ्यसेवा ब्यवस्थापन समिति गठन हुन सकेको छैन । समिति गठनहुन नसकेका कारण सो क्षेत्रको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
देवानगञ्ज गांउपालिका वडा नम्बर ३ ले पत्रकार सम्मेलनको आयोजना गरेर सो बिषयमा जानकारी गराएको हो ।

सो वडाका वडाध्यक्ष अनिलकुमार भगतले स्वास्थ्य सेवालाई ब्यवस्थितगर्न प्रकृया अनुसार आफुले स्वास्थ्य ब्यवस्थापन समिति गठन गर्न पाउनुपर्ने भएपनि गांउपालिकाको हस्तक्षेपको कारण गठन गर्न नसकिएको दाबी गर्नुभयो । उहांले ब्यवस्थापन समिति गठन गर्न खोज्दा गांउपालिका प्रमुखको अनावश्यक हस्तक्षेपका कारण सो वडाको समग्र स्वास्थ्य सेवा प्रभावित हुनुका साथै स्वास्थ्य चौकी प्रमुखले समेत नटेर्ने गरेको गुनासो गर्नुभयो ।

केहि महिना अगाडिनै स्वास्थ्यचौकी संचालन ब्यवस्थापन समिति गठनगर्ने बिषयमा परिपत्र आएपनि गांउपालिका प्रमुखको दबाबका कारण समिति गठन गर्न नसकिएको उहांको भनाई छ । वडाध्यक्ष भगतले ब्यवस्थापन समितिको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएकाले प्रकृयागत ढंगले नियमानुसारको समिति गठन गरि छाड्ने दृढता समेत ब्यक्त गर्नुभयो । सो बिषयमा प्रतिक्रिया दिनुहुंदै स्वास्थ्यचौकी इन्चार्ज राजकुमार मेहताले समिति गठनगर्ने प्रयास थाल्दा गांउपालिका प्रमुखको निर्देशन अनुसार नै रोकिएको जानकारी दिनुभयो ।

यता सो बिषयमा प्रतिक्रिया लिन खोज्दा देवानगञ्ज गांउपालिकाका प्रमुख लालीप्रसाद मेहता सम्पर्कमा आउन चाहनुभएन । प्रतिक्रिया लिन गांउपालिका परिसर पुगेका सञ्चारकर्मीको टोली निकैबेरसम्मको प्रतिक्षापछि गांउपालिका परिसरबाट बाहिरिएका थिए । गांउपालिकामा शिक्षा समितिको बैठक चलिरहेको भन्दै सञ्चारकर्मीलाई पर्खाइएको थियो । स्थानियस्तरको स्वास्थ्य सेवा ब्यवस्थितरुपमा संचालनगर्न सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा गांउपालिका प्रमुख संरक्षक रहनेगरि ७ सदस्यिय स्वास्थ्य ब्यवस्थापन समिति गठनगर्ने नियम छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]