Sorry, your browser does not support JavaScript! अधिकार कार्यान्वयन गराउन महिला सक्रियता आवश्यक : उपसभामुख सरस्वती पोखरेल - Merodesh.news

अधिकार कार्यान्वयन गराउन महिला सक्रियता आवश्यक : उपसभामुख सरस्वती पोखरेल

 मेरोदेश संबाददाता,धनपालथान गांपा, १५ जेष्ठ

प्रदेश एकका उपसभामुख सरस्वती पोखरेलले संबिधानमा लिपिबद्ध भएका महिला अधिकारलाई कार्यान्वयनगर्न महिला स्वयं सक्रिय हुनुपर्ने बताउनुभएको छ । धनपालथान गांउपालिकाको सहयोगमा महिला शान्ति,अनुसन्धान तथा विकासकेन्द्र विराटनगरले आयोजना गरेको संबिधानमा महिलाको अधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । उपसभामुख पोखरेलले नयां संबिधान महिलामुखि रहेपनि संबैधानिकरुपमा कतिपय अधिकार महिलाहरुले अझपनि उपयोग गर्न नपाएको बताउनुभयो । उहांले राज्यका सबै निकायमा महिलाहरुकालागि ३३ प्रतिशत सहभागिता संबैधानिकरुपले सुरक्षित गरिएपनि ब्यवहारिकरुपमा त्यसो हुननसकेको बताउनुभयो ।

उहांले आफ्ना अधिकार कार्यान्वय गराउन महिलाहरुले दृढ इच्छाशक्ति र आत्मविश्वासका साथ पहलकदमी गर्नुपर्ने बताउनुभयो । धनपालथान गांउपालिकाका प्रमुख हरीलाल सिंहले महिला अधिकार कार्यान्वय गराउन आफ्नो गांपालिका प्रतिबद्ध रहेको बताउनुभयो । यसअघि भएको कार्यक्रममा उपसभामुख पोखरेलले प्रशिक्षण कार्यक्रमका सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रशिक्षणमा सहभागि धनपाल थान गांउपालिकाका ७ वटा वडाका ३५ जना महिलाहरुलाई नेतृत्व विकास,महिलाका अधिकार र महिला हिंसा सम्बन्धि कानुनी उपचारको बिषयमा तालिम दिइएको आयोजक संस्थाकी अध्यक्ष साधना झाले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]