Sorry, your browser does not support JavaScript! आजबाट मेरोदेश डट न्यूज औपचारिक रुपमा सञ्चालनमा - Merodesh.news

आजबाट मेरोदेश डट न्यूज औपचारिक रुपमा सञ्चालनमा

मेरोदेश संबाददाता, बिराटनगर १५ जेठ,

रिपब्लिक हेराल्ड मिडिया एण्ड पब्लिकेशन प्रालिले  अनलाइन न्यूज पोर्टल मेरोदेश डट न्यूज सञ्चालनमा ल्याएको छ । मंगलवार   गणतन्त्र दिवस २०७५ को अवसर पारेर रिपब्लिक हेराल्डले न्यूज पोर्टल  सञ्चालनमा ल्याएको हो ।

अनलाइन न्यूज पोर्टलको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष बिक्रम लुइटेलले उद्घाटन गरेका छन् । विराटनगर मेनरोड स्थित मिडियाको कार्यालय उद्घाटन गर्दै अध्यक्ष लुइटेलले न्यूज पोर्टलको साइट क्लिक गरेर औपचारिक उदघाटन गरेका हुन्  । उद्घाटन पछि बोल्दै अध्यक्ष लुइटेलले अनलाइन समाचार साइटहरुमा छुट्टै पहिचान बनाउन शुभकामना व्यक्त गरेका छन् ।

लुइटेलले पत्रकार आचारसंहिताको पालना गर्दै व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताए । कार्यक्रममा रिपब्लिक हेराल्ड मिडियाका अध्यक्ष प्रभात खड्काले प्रदेश नम्बर १ बाट व्यावसायिक रुपमा समय सुहाउदो देशलाई प्रतिविम्भित गर्ने उदेश्य सहित अनलाइन न्यूज पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिए । गणतन्त्रको खवरदारी गर्दै आजको मिति देखि औपचारिक रुपमा मेरोदेश डट न्यूज सञ्चालनमा ल्याइएको  बताए ।

तस्बीरहरु :

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]