Sorry, your browser does not support JavaScript! गणतन्त्र दिवसको अवसरमा विराटनगरमा सरसफाई - Merodesh.news

गणतन्त्र दिवसको अवसरमा विराटनगरमा सरसफाई

मेरोदेश संबाददाता, बिराटनगर १५ जेठ,

गणतन्त्र दिवसको अवसर पारेर विराटनगरमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । सो अवसरमा विराटनगरका विभिन्न क्षेत्रको सरसफाई गरिएको छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त तत्वाधानमा गरिएको कार्यक्रममा नगरक्षेत्रको विभिन्न तीन ठांउलाई केन्द्र बनाएर सरसफाई गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर आम जनतालाई सरसफाईको सन्देश दिन कार्यक्रम गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा प्रदेश एकका कानुनमन्त्री हिक्मत कार्की,विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली,उप्रमुख इन्दीरा कार्की,मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य,थलाहास्थित नेपाली सेनाका गणपति इन्दीबर बिष्ट मोरङका एसपी मनोजकुमार केसी सहभागि हुनुभयो । यस्का साथै विराटनगर महानगरपालिकाको फोहोर मैला संकलक साझेदार संस्था वेस्ट म्यानेजमेन्ट जेभी सहित नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाका जवानहरुको सहभागिता थियो । विभिन्न चोकहरुबाट शुरु भएको सरसफाई कार्यक्रम शहिदमार्गस्थित वीरेन्द्र सभागृहमा पुगेर समापन भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]