Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेशका मन्त्रीले तीन महिना बितिसक्दा पनि सम्पत्ती बिबरण सार्वजनिक गरेनन - Merodesh.news

एक नम्बर प्रदेशका मन्त्रीले तीन महिना बितिसक्दा पनि सम्पत्ती बिबरण सार्वजनिक गरेनन

मेरोदेश संबाददाता, बिराटनगर १५ जेठ,

सार्वजनिक पद धारण गरेको साठी दिन भित्र सम्पत्ती बिबरण सार्वजनिक गरिसक्नुपर्ने भएपनि एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले अझै सम्म आफनो सम्पत्ती सार्बजनिक गरको छैन । ३ फागुन २०७४ मा गठन भएको एक नम्बर प्रदेशको पाँच सदस्यि सरकारका मन्त्रीहरुले सार्वजनिक पद धारण गरेको तीन महिना बितिसक्दा पनि अझै सम्पत्ती सार्वजनिक नगरेका हुन । एक नम्बर प्रदेशमा अझै सम्म आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्की , अर्थमामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आंङबो , समाजिक बिकास मन्त्री जिबन घिमिरे र बन बतावरण, उद्योग मन्त्री जगदीश कुसैत कसैले पनि अझै सम्म सम्पत्ती सार्वजनिक गरेका छैनन ।

मुख्य मन्त्री शेरधन राई भन्छन: 

कानुन निर्माण र अन्य बिभिन्न कारणले यसतर्फ सरकारको ध्यान नगएको हो । तर छिटो भन्दा छिटो सरकार सम्पत्तीको बिबरण सार्वजनिक गर्छ । एक नम्बर प्रदेश सरकारको मुल ध्येय अनियमिता र भ्रस्टचारबारेको शुन्य शहनसिलता हो ।

के भन्छ कानुन ? 

भ्रष्टचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्बजनिक पद धारण गरेको व्यक्त्तिले ६० त्यस्तो पद धारण गरेको मितिले र यो दफा प्रारम्भ हुदाका बखत सार्बजनिक पदमा बहाल रहेका व्यक्त्तिले यो ऐन प्रारम्भ भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक बर्ष समाप्त भएको मितिले साठी दिन भित्र आफनो वा आफनो परिवारको नाममा रहेको स्रोत वा निस्सा सहितको अद्यावधिक बिबरण नेपाल सरकारले राजपत्रमा सुचना प्रकाशन गरि तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने छ । (२) उपदफा (१) बमोजिमको म्यादभित्र सम्पत्तिको विवरण पेश गर्न नसक्ने सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो विवरण पेश गर्न नसक्नाको कारण सहितउल्लेख गरी म्याद थपको लागि अन’रोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा तीस दिनसम्मको म्याद थप दिन सक्नेछ । (३) उपदफा (२) बमोजिम थप गरेको म्यादभित्र पनि सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पाँच हजार ?पैयाँ जरिबाना गरी निज र निजको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्नेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]