Sorry, your browser does not support JavaScript! रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार अधिकारीलाई - Merodesh.news

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार अधिकारीलाई

मेरोदेश संबाददाता, विराटनगर, १४ जेठ ।

नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कुमोद अधिकारीलाई प्रदान गर्ने भएको छ । सोमबार बसेको युनियनको बैठकले दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहेका अधिकारी युनियनका पूर्वअध्यक्ष हुन् । उनी रेडियो नेपालमा कार्यरत छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गरेका रिजालको नाममा युनियनले पुरस्कार स्थापना गरेको हो ।

आफ्ना बाबुआमाको नाममा हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी छोरा सुभाष रिजालले २ लाख रुपैयाँको अयक्षकोष खडा गरेका छन् । अक्षयकोषको ब्याजबाट हरेक वर्ष युनियनको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिने युनियनका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । अध्यक्ष नवोदितका अनुसार छिट्टै विशेष समारोहका बीच पुरस्कार प्रदान गरिनेछ । यसअघि यो पुरस्कारबाट अजित तिवारी र अभयकुमार राई सम्मानित भइसकेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]