Sorry, your browser does not support JavaScript! जेष्ठ नागरीकलाई अल्जाईमर्स सम्बन्धि सचेतना - Merodesh.news

जेष्ठ नागरीकलाई अल्जाईमर्स सम्बन्धि सचेतना

मेरोदेश संबाददाता,ग्रामथान गापा,मोरङ, १४ जेष्ठ

मोरङको ग्रामथान गाउपालिकामा उमेर बृद्धीसँगै जेष्ठ नागरिकमा देखापर्ने डिमेन्सीया अल्जाईमर्स (बिर्सने रोग) सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ग्रामिण विकास समाज केन्द्रले कार्यक्रमको आयोजना गरेको हो ।

ग्रामथान गाँउपालिकाको वडानम्बर २ झोराहाटमा आयोजना गरिएको कार्यक्रमबाट सो ठाँउका ६० जना जेष्ठ नागरिक सहभागि चएका थिए । स्थानिय लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा न्यूरोलोजी विशेषज्ञ चिकित्सक डाक्टर डिल्लीराम काफ्लेले सहभागी जेष्ठ नागरीकलाई डिमेन्सिया अल्जाईमर्स रोग लाग्ने कारण त्यसका लक्षण र उपचार तथा रोकथाम गरिने पद्धतिका बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागीलाई सो रोग सम्बन्धी जानकारी गराउदै उनले उमेर बृद्धिसँगै अधिकांश ब्यक्तिमा देखापर्ने अल्जाईमर्स रोगले विभिन्न १० चरण पार गरेपछि मानसिकरुपमा विक्षिप्त सम्म बनाउनसक्ने खतरनाक रोग रहेको बताए ।उनले सो रोगबाट बच्न औषधी सेवन गर्नुकासाथै जेष्ठ नागसरकहरुले तनावरहित, सक्रिय र चलायमान जीवन पद्धति अपनाउन सुझाव दिए । ग्रामिण क्षेत्रका जेष्ठ नागरिकलाई लक्षित गरेर शुरु गरिएको सोहि प्रकारको कार्यक्रम आगामी १७ गते बुढीगँगा गाँउपालिकामा समेत आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालले जानकारी दिए ।

ब्ततबअजmभलतक बचभब

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]