Sorry, your browser does not support JavaScript! सप्तकोशीमा र्‍याफ्टिङ - Merodesh.news

सप्तकोशीमा र्‍याफ्टिङ

मेरोदेश संबाददाता,बिराटनगर, १४ जेठ

सप्तकोशी नदीमा बाह्रै महिना र्‍याफ्टिङ सञ्चालन हुने भएको छ । पूर्वका तमोर, अरुण, सुनकोशीजस्ता नदीमा मात्रै हुँदै आएको र्या्फ्टिङ अब सप्तकोशीमा बाह्रै महिना हुने भएको हो । अन्य नदीहरूमा बाढी र वर्षतको समयमा र्‍याफ्टिङ गर्न नमिल्ने भए पनि सप्तकोशीमा भने सबै समयमा गर्न सकिने र्‍याफ्टिङ कम्पनीका सञ्चालक सुरेश बस्नेत बताउँछन् । इटहरीमा कार्यालय रहेको रिभर डिप र्‍याफ्टिङ कम्पनीका सञ्चालक बस्नेतले वराहक्षेत्रदेखि श्रीलंका टापु हुँदै कोशी टप्पुसम्म र्या्फ्टिङ सुरु गरेको बताए ।

‘सप्तकोशी मात्रै एक यस्तो नदी हो जो नेपाली सीमा कटेर भारत प्रवेश गर्नु अगाडि पनि धेरै किलोमिटरको दुरी बनाएर बग्छ’, कम्पनी संचालक बस्नेत भन्छन, ‘र यो नदीमा बाढी आउँदा र नआउँदा दुवै समयमा पनि सहजै र सुरक्षित जलविहार गर्न सकिने देखिएको छ ।’ सो रुटमा विश्वस्तरीय धार्मिक तथा प्राकृतिक सम्पदाहरू रहेको र मनोरम दृश्यहरू पाइने भएकाले धेरैको आकर्षण बढ्ने सञ्चालक बस्नेत बताउँछन् ।

वराह भगवानको अवतार भएको वराहक्षेत्र, प्राचीन हरिद्वार चतरा, दक्षिण एसियाको चरा भण्डार भनिने कोशी टप्पु वन्यजन्तु आरक्ष र विश्वको सबैभन्दा धेरै बालुवा बोक्ने दोस्रो नदी कोशीको एकमुष्ट आनन्द लिन पाइनाले यो रुट धेरै महत्वपूर्ण हुने सञ्चालक बस्नेतको भनाइ छ । सप्तकोशीले घेरिएको र कमै मात्रै पुग्न सक्ने श्रीलंका टापु बाह्रै महिना पुग्न पनि यो सुरक्षित र सहज यातायात बन्ने बस्नेतले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन
साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान। साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई[...]

सौराहाका होटल पर्यटकले भरिभराउ
सौराहाका होटल पर्यटकले भरिभराउ

चितवन, पुस १७ पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । साथै सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका[...]

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’
पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

काठमाडौँ, पुस १६ नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा[...]