Sorry, your browser does not support JavaScript! चेम्बर अफ कमर्श स्थापना - Merodesh.news

चेम्बर अफ कमर्श स्थापना

मेरोदेश संबाददाता,बिराटनगर, १४ जेठ

प्रदेश नम्बर १ चेम्बर अफ कमर्श र मोरङ चेम्बर्स अफ कमर्शले आफ्नो काम सुरु गरेको छ । सोमवारबाट औपचारिक रुपमा कमर्शले आफ्नो काम सुभारम्भ गरेको हो । सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ को बिकासका निम्ती प्रदेश सरकार निजी क्षेत्रस“ग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका छन् । प्रदेशको विकासका निम्ती कृषि पर्यटन र जलविद्युत मुख्य आधार भएको बताउदै मुख्यमन्त्री राईले विदेशी पर्यटक भित्रियाउनकालागि विराटनगर विमानस्थलबाट भारत तथा भुटानमा हवाईसेवा सञ्चालनकालागि गृहकार्य भैरहेको जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्शको प्रदेश तथा जिल्ला समितिको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको विकासका निम्ती सरकारले गृहकार्य सुरु गरेको बताएका हुन् । प्रदेश नम्बर १ मा विश्वको सर्बाेञ्च शिखर सगरमाथादेखि नेपालकै होचो भूभाग केचना सम्म छ । त्यस बाहेक पर्यटन प्रर्वधनका प्रसस्त सम्भावनाहरु छन् । विराटनगरबाट माउन्टेन फ्लाईटको सम्भावना पनि छ ।कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर १ सम्भावनाहरु बढि भएको क्षेत्र रहको बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आर्थिक विकासका निम्ती सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा लायन्स क्लव डिस्ट्रीक ३२५ ए वानका गर्भनर लिला ढुंगेल, विराट ब्यापार संघका अध्यक्ष शिव रिजाल लगायतले बोलेका थिए । उद्योग र व्यापार क्षेत्रको विकासका निम्ती प्रतिस्पर्धा नभै सबै क्षेत्रस“ग समन्वय गरी अघि बढ्ने अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]