Sorry, your browser does not support JavaScript! नेकपा र फोरम नेपालबीच सहमति, फोरम सहरकारमा सहभागी हुने - Merodesh.news

नेकपा र फोरम नेपालबीच सहमति, फोरम सहरकारमा सहभागी हुने

मेरोदेश संबाददाता, काठमाडौं १४ जेठ,

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुने भएको छ ।

सहमति अनुसार संघीय समावादी फोरम,नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ , उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।

यस्तो छ सहमति पत्र :

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]