Sorry, your browser does not support JavaScript! भारतमा नेपाली भाषालाई संबैधानिक मान्यता दिलाउन भएको संघर्ष सभ्झाउने पुस्तक - Merodesh.news

भारतमा नेपाली भाषालाई संबैधानिक मान्यता दिलाउन भएको संघर्ष सभ्झाउने पुस्तक

मेरोदेश संबाददाता, बिराटनगर, १३ जेष्ठ,

यति खेर भरतको दार्जिलिंङमा नेपाली भाषा आन्दोलन चर्किएको छ । पश्चिम बंगाल राज्यकी बंगाली मुलकी मुख्य मन्त्री ममता बनर्जीले अनिवार्य रुपमा सबैले बंगाली भाषा पढदै पर्ने बाध्यकारी निति लागु गरेपछि भारतका नेपाली भाषीहरु आन्दोलित भएका छन । संबैधानिक हक प्राप्त गरिसेको भाषालाई बाइपास गरेर राज्यमा अर्को भाषा अनिबार्य पढनुपर्छ भन्ने कुरा भारतका नेपाली भाषीहरुले मोनका छैनन । यसैले नेपाली भाषलाई संबैधानिक अधिकार दिलाउन गरेको संघर्ष झै हक अधिकारलाई कार्यान्वयन गराउन पनि नेपाली भाषीहरु संघर्ष गरिरहेका छन ।

आन्दोलनले गर्दा यति खेर दार्जिंलिंगमा पश्चिम बंगाल सरकारले सेना परिचालन गरेर आन्दोलन दावाउन प्रयास गरिरहेको छ ।  स्मरण रहोस दुई करोड नेपालीहरुको बसोवास भएको भारतमा नेपाली भाषाले संबिधानमा आठौ स्थान प्राप्त गरेको छ । लामो संघर्ष र आन्दोलनपछि मात्र सन २० अगस्त १९९१ मा नेपाली भाषाले आठौ अनुसुची अन्र्तगत भारतमा संबैधानिक हक प्राप्त गरेको हो । तर नेपाली भाषालाई संबैधानिक हक दिलाउन भारतका बिभिन्न क्षेत्रमा बस्ने नेपाली भाषी भारतीयहरुले कति लामो र कठिन संघर्ष गरेका थिए भन्ने थोरैलाई मात्र थाहा होला । किनभने भारतमा नेपाली भाषाले संबैधानिक मान्यता पाउन गरेको आन्दोलनबारे एकिकृत खोज अनुसन्धान खासै भएको छैन ।र यसबारे पुस्तकहरु पनि लेखिएका छैनन । त्यत्ति कठिन र गौरवमय संघर्षको इतिहास श्रुतिकै आधारमा रहेको थियो ।

यसैलाई बुझेर कालेबुङका शिक्षक सुवास सोताङले भारतीय संबिधानको आठौ अनुसुची अन्र्तगत नेपाली भाषालाई मान्यता दिलाउन गरिएको लामो संघर्षबारे आफनो बुताले सकेसम्मको खोज अनुसन्धान गरि एउटा पुस्तक तैयार पारेका छन – ‘भाषा आन्दोलन इतिहास र उपलव्धि ।’ लेखक सोताङले भाषा आन्दोलनमा को को प्रमुख व्यक्त्ति, संघसँस्था, राजनैतिक पार्टी पत्रपत्रिका र लेखक कलाकारहरुले के कस्तो र कसरी योगदान गरेका थिए गहन खोजी गरि पुस्तकमा समेटने प्रयत्न गरेका छन । लेखकले ३७ बर्षे भाषा आन्दोलनका स्वरुप, स्थानहरु, गरिएका कार्यक्रमहरु, भाषा आन्दोलनको महत्व, उपलव्धि र कार्यान्वनयको अबस्थाबारे पनि बिस्तृत रुपमा पुस्तकमा उल्लेख गरेका छन ।
पुस्तकमा आन्दोलन किन र कसरी भयो, कहाँ कहाँ मुख्य आन्दोलन भए, मुख्य व्यक्त्तिहरुको के कस्तो योगदान रह्रो । पहिले कसरी नेपाली भाषालाई संबैधानिक बनाउनुपर्छ भनेर आवाज उठयो र आन्दोलन कसरी सुरु भयो भन्नेबारे पुस्तकमा सप्रमाण उल्लेख गरिएको छ ।

साथै नेपाली भाषाले भारतीय संबिधानमा संबैधाकि हक सुनिश्चित गरेपछि उपलव्धि के भयो र कार्यान्वयनको अबस्था कस्तो छ भन्नेबारे पनि लेखकले पुस्तकमा चर्चा गरेका छन । पत्रकारितामा समेत संलग्न रहिसकेका लेखक सुवासले भारतको देहरादुन, दार्जिलिंग, सिक्किम, कालेबुङ, खर्सांग, सिलिगुडी, डुवर्स लगायतका क्षेत्रमा भएका भाषा आन्दोलनबारे चर्चा गरेका छन । यसैगरि उनले भाषा आन्दोलनको पृष्टभुमी, इतिहास र उपलव्धिबारे पनि पुस्तकमा बिस्तृत रुपमा खुलाएका छन। लेखकले भारतमा नेपाली भाषाको आन्दोलनलाई प्रथम महाभारत भनेका छन । यसैगरि नेपाली भाषा आन्दोलनलाई दवाउन को को र कसरी लागिपरेका थिए र नेपाली भाषालाई गोर्खा भाषा बनाउनुपर्छ भन्नेहरुले के के काण्ड घटाएका थिए भन्ने घटनाहरु पनि पुस्तकमा समाबेश गरिएको छ । पुस्तकमा भाषा आन्दोलनमा सुर्दशन शर्मा, देवराम शर्मा र कृष्ण सुब्बाहरु कसरी शहिद भए र आनन्द सिँह थापा, रतनलाल ब्रम्हाण, पारसमणी प्रधान, ईन्द्र बहादुर राइ, नर बहादुर भण्डारी, दिलकुमारी भण्डारी, प्रेमकुमार आले, सिके श्रेष्ठ आरबी राई, मायादेबी श्रेत्री, आनन्द पाठक, डा कुमार प्रधानहरुको व्यक्त्तिगत योगदानबारे पनि चर्चा गरिएको छ ।

सन १९५८ को १८ जनवरीमा देहरादुनबाट प्रकाशित जागृत गोर्खा नाम गरेको पत्रिकाकामा सम्पादक आनन्दसिँह थापाले मित्रहरु नरेन्द्रसिँह राणा र बीरसिँह भण्डारीसँग मिलेर तत्कालिन भारतीय राष्टपति डा राजेन्द्र प्रसादलाई पत्र सम्प्रषित गरि चिठि लेखिएको थियो । त्यसपछि क्रमश भारतका नेपाली भाषीहरुले भाषा आन्दोलनलाई चर्काउदै लगेका थिए । राजनैतिक र नागरिक समर्थन जुटाउँदै लगेका थिए । स्थानिय भुगोलदेखी राजधानी दिल्लीमा धर्ना दिएर, आन्दोलन चर्काएपछि बल्ल सन १९९१ मा नेपाल भाषाले संबिधानमा आटौ अनुसुचिमा सुचिकृत भएको थियो । तर यति धेरै कठिन संघर्षबाट उपलव्धि प्राप्त भएपनि त्यसको व्यवहारिक कार्यान्वयन गराउन भने नेपाली भाषी भारतीयहरु अझै चुकिरहेको गुनासो लेखकको छ । नेपाली भाषा आन्दोलनमा संबैधानिक बनाउन पहल गर्ने भारतको सिक्मिम राज्य सरकारले पनि नेपाली भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन कन्जुस्याई गरिरहेको चित्त दुखाई पनि लेखकले गरेका छन। संबैधानिक हक अनुसार व्यवहारिक कार्यान्वन गराउन लागिपरे भारतमा नेपाली भाषाको महत्व अभै बढने लेखकको बुझाई छ ।

भारतमा नेपाली भाषाको इतिहास जान्न र संबैधानिक अधिकार प्राप्तिकालागि भएका संघर्ष र आन्दोलनबारे बुझन पुस्तक प्रभावकारी छ । लेखकको भनाइ अनुसार हालसम्म भारतीय भाषा आन्दोलनको संघर्षबारे बिस्कृत खोजगरि लेखिएको यो पहिलो पुस्तक पनि हो। सरल भाषामा लेखिएको यो पुस्तकम अझै खोज अनुसन्धान अपुरो जस्तो लागेपनि पुस्तक चाँही संग्रहणीय रहेको छ । पुस्तकको प्रकाशकका रुपमा दक्षिण सिक्किमका केवलप्रसाद शर्मा रहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]