Sorry, your browser does not support JavaScript! यसबर्षको रुपात्रेय शान्ता पुरस्कार साहित्यकार चुडामणि रेग्मीलाई - Merodesh.news

यसबर्षको रुपात्रेय शान्ता पुरस्कार साहित्यकार चुडामणि रेग्मीलाई

 मेरोदेश संबाददाता,१२ जेष्ठ ,विराटनगर

नेपाली साहित्यको झर्रोबादी आन्दोलनका अभियन्ता साहित्यकार चुडामणि रेग्मीलाई २०७४ सालको रुपात्रेय शान्ता पुरस्कार प्रदान गरिएको छ ।
रुपात्रेय बाङ्मय प्रतिष्ठान विराटनगरले प्रत्येकबर्ष प्रदानगर्ने ३१ हजार १ सय ११ राशिको सो पुरस्कार यसबर्ष झापा भद्रपुरका साहित्यकार एवम बाङमय सेवी रेग्मीलाई प्रदान गरिएको हो । विराटनगरस्थित परोपकार अभियान समुहको सभाहलमा आज आयोजित कार्यक्रमकाबीच आयोजक संस्थाका अध्यक्ष एवम भाषासेवी प्राज्ञ बालकृष्ण पोखरेल र कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक गोपाल भण्डारीले संयुक्तरुपमा रेग्मीलाई फुलमाला दोसल्ला,सम्मानपत्र र नगद राशि हस्तान्तरणगर्दै सो पुरस्कार प्रदान गर्नुभयो । बाङमय सेवी रेग्मीका निबन्ध संग्रह र समालोचनाका १८ वटा पुस्तक प्रकाशित छन । यस्तै कथा र कविता संग्रह चार–चारवटा तथा रेग्मीले सम्पादन गर्नुभएका झण्डै दुईदर्जन थप पुस्तक प्रकाशित रहेको प्राज्ञ दधिराज सुवेदीले जानकारी दिनुभयो ।

यसअघि सो पुरस्कार धरानका साहित्यकार कुन्ता शर्मा,काठमाण्डौका रोचक घिमिरे र विराटनगरका साहित्यकार सोमराज अभयलाई प्रदान गरिएको अयाोजक संस्थाका सदस्य चुडामणि नेपाल आकिञ्चनले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]