Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : थप एक पक्राउ - Merodesh.news

सुन तस्करी प्रकरण : थप एक पक्राउ

मेरोदेश संबाददाता, विराटनगर, ११ जेष्ठ

सुन तस्करी प्रकरणमा थप एक पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीमा बस्दै आएका रेवत आचार्य पक्राउ परेका हुन् । उर्लाबारी–५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल पनि छ । उनलाई शुक्रवार अदालतमा उपस्थीत गराएर सात दिनको म्याद थप गरिएको छ ।

उनलाई बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्ध शुक्रवार ७ दिनको म्याद थप गरिएको हो । तस्करी प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे पक्राउ परेको चार दिन पछि थप एक पक्राउ परेका हुन् । उनी बिरुद्ध ६३ जना दायार गरिएको मुद्धामै पूरक अभियोगमा म्याद थप गरिएको हो । पक्राउ परेका आचार्य पसल सगसगै ट्याक्टरबाट ढुवानी पनि गर्छन् । उनीसग दुई वटा ट्याक्टर पनि छ ।

समन शाक्य र सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये २८ जना पूर्पक्षकालागि कारागार चलान भएका छन् । दुइ जना तारेकमा छुटेका छन् भने मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान जारी छ । अन्य दुइ जना हुण्डी कारोवारी पनि प्रहरी हिरासतमा छन् ।

दुईसाता अघि काठमाण्डौ महानगरपालिका काँडाघारी बस्ने बर्ष ४३ को मोतीराम श्रेष्ठ र झापा दमक नगरपालिका ९ घर भई वडा नम्बर ५ स्थितमा न्यु सिद्धकाली मनि ट्रान्सफरका सञ्चाल गरिरहेका ३४ बर्षिय बिनोद अधिकारी पक्राउ परेका थिए । उनीहरु विरुद्ध अपराधिक समूह स्थापना र संचालन गरी सुन अवैध चोरी पैठारी र चोरी निकासी, अपहरण र शरिर बन्धक तथा यातना र कर्तब्य ज्यान मुद्दा दायर गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]