Sorry, your browser does not support JavaScript! सनम हत्या र सुन तस्करी प्रकरण : गोरेको तेश्रो दिनको बयान शुरु - Merodesh.news

सनम हत्या र सुन तस्करी प्रकरण : गोरेको तेश्रो दिनको बयान शुरु

मेरोदेश संबाददाता, बिराटनगर ११ जेठ

सनम हत्या र सुनतस्करी प्रकरणमा मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेको तेश्रोदिनको बयान शुरु भएको छ । गोरेलाई तेश्रोदिनको बयानकालागि आज बिहान पौने ११ बजे जिल्ला अदालत मोरङमा उपस्थित गराईएको छ । आज हुने बयानको क्रममा गोरेलाई यसअघिनै सामाजिक सञ्जालहरुमा सार्वजनिक भईसकेको सनम शाक्य सहितका भरियालाई दिइएको यातना सम्बन्धि भिडियो देखाईने श्रोतले जनाएको छ ।

सोधेको प्रश्न भन्दा अनावश्यक उत्तर दिने गरेकाले बयान लम्बिएको र बयान कहिले सम्म जारी रहने भन्ने अहिले नै भन्न नसकिने मोरङ जिल्ला अदालतका तहसिलदार केदार गौतमले जानकारी दिनुभयो । दुई दिनमा १६ पाना बयान सकिएको अदालतले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु