Sorry, your browser does not support JavaScript! साढे ३३ किलाे सुन तस्करी प्रकरण  एमालेका कार्यकर्ता पक्राउ   - Merodesh.news

साढे ३३ किलाे सुन तस्करी प्रकरण  एमालेका कार्यकर्ता पक्राउ  

मेरोदेश संबाददाता, बिराटनगर ११ जेठ

विराटनगर । साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा तत्कालिन एमाले पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीमा बस्दै अाएका रेवत आचार्य पक्राउ परेका हुन् । उर्लाबारी-५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल पनि छ । उनलाई बिहीबार  राती माेरङ प्रहरीले पक्राउ गरेको  थियाे ।

अाचार्य पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेकाे स‌ंख्या ३४ पुगेकाे छ । समन शाक्य र सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये २८ जना पूर्पक्षकालागि कारागार चलान भएका छन् । दुइ जना तारेकमा छुटेका छन् भने  मुख्य अभियुक्त चुडामणि उप्रेती गाेरेकाे बयान जारी छ ।

अन्य दुइ जना हुण्डी काराेवारीलार्इ पूरक अभियाेग लगाइएकाे छ ।  चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको  स्राेतले जानकारी  दिएकाे छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]