Sorry, your browser does not support JavaScript! बुबा भेट्दा निहुरिए गोरे - Merodesh.news

बुबा भेट्दा निहुरिए गोरे

मेरोदेश संबाददाता, बिराटनगर १० जेठ

चुडामणी उप्रेती गोरे बुबालाई ‘डेडी’ भनेर सम्बोधन गर्दा रहेछन् । बिहिवार बुबा नेत्रप्रसाद उप्रेती उनलाई भेट्न आएका थिए । अदालतमा बुबालाई भेट्दा उनले निहुरिएर ढोग्न खोजेका थिए । तर बुबा नेत्रले पर्दैन भने । इजलास भित्र बाबु छोरोको भेट भएको थियो । नेत्रकै भनाईमा उनले दशैयता पहिलो पटक गोरेलाई भेटेका हुन् ।

गलत कार्यमा लागेको थाहा पाएपछि घर नै नआएको छोरोलाई अदालतमा भेटेर बाहिरिएका नेत्र भावुक देखिन्थे । छोरा भेट्न अघि सामान्य गफ गाफ गरिरहेका उनले गोरेसगको भेटेपछि सुरक्षाको चिन्ता गरेका थिए । उनी आफै पूर्व प्रहरी हुन् । १८ बर्ष प्रहरी सेवामा काम गरेका उनले गलत कार्यको सजाय भोग्नु पर्ने बताउदै छोरालाई सुरक्षित राख्नुपर्ने बताए ।

गोरेको सुरक्षाकालागि राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाएको छ । आयोग मार्फत प्रहरी समक्ष आत्मसर्मणन गरेका गोरेले असुरक्षित महसुस गरेकै कारण मानव अधिकारकर्मीको निगरानीमा बस्न पाउ भन्दै निवेदन पेस गरेका थिए । जिल्ला अदालतमा गोरेले निवेदन पछि जिल्ला प्रशासनलाई पनि सुरक्षा प्रबन्ध मिलाउनु भनेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]