Sorry, your browser does not support JavaScript! बलात्कार ढाकछाेप गर्न खाेजेका एसपी विद्यानन्द माझीलार्इ   विभागिय कारवाही  - Merodesh.news

बलात्कार ढाकछाेप गर्न खाेजेका एसपी विद्यानन्द माझीलार्इ   विभागिय कारवाही 

मेरोदेश संबाददाता, बिराटनगर १० जेठ

बालात्कार अाराेपीलार्इ बचाउने भूमिका खेलेका सुनसरीका दुर्इ प्रहरी अधिकृत बिभागिय कारवाहीमा परेका छन् । गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेका तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक  विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल विभागिय कारवाहीमा परेका हुन् ।

प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरीकाे छानबिन गर्न समिति बनाएकाे थियाे । समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र इनिस्पेक्ट  दाहाललाई विभागीय कारबाही गरेको हो।  एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरेको हो। उनको एक वर्षको ग्रेड रोक्का गरिएको छ।  प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइदिएको छ। गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक  विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाहीका तानेको थियो।

सो घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र इनिस्पेक्ट  दाहाललाई विभागीय कारबाही गरेको हो।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]